सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तह निर्वाचन २०७९

निर्वाचनअघि सीमा नाका बन्द गर्न सरकारलाई पत्राचार

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको दुई दिन अगाडिदेखि नै अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्न आग्रह गर्दै सरकारलाई पत्राचार गरेको छ ।

आयोगतले वैशाख २७ गते मङ्गलबार मध्यरातिदेखि मतदान सम्पन्न नभएसम्मका लागि सीमा नाका भएर आवतजावत बन्द गर्न आग्रह गरेको हो ।

बिहीबार बसेको आयोग पदाधिकारीको बैठकले निर्वाचनसँग सम्बन्धित व्यवस्थापकीय कार्यलाई थप स्वच्छ, स्वतन्त्र, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन यस प्रकारको निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

आयोगको आग्रहबमोजिम सरकारले निर्णय गरे नेपाल–भारत र नेपाल–चीन सीमामा आवतजावत तीन दिनसम्म पूर्णरूपमा बन्द रहनेछ  । आयोग पदाधिकारीको उक्त निर्णयपछि गृह मन्त्रालयलाई पत्राचार गरिएको आयोगले जनाएको छ ।

त्यस्तै आयोगले मतदान हुने दिन वैशाख ३० गते देशभरि आन्तरिक रूपमा सञ्चालन हुने सबै प्रकारको यातायातका साधनसमेत बन्द गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार ०७:५६