आज (शुक्रबार) पनि वर्षा जारी छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हिरा भट्टराईका अनुसार अहिले (शुक्रबार बिहान ६ः१८ बजे) काठमाडौं, काभ्रे, सिन्धुली तथा सोलुखुम्बुतिर हल्का वर्षा भइरहेको छ ।
यस्तै आज दिउँसो पनि काठमाडौं लगायत देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको उनले बताए । ‘प्रिमनसुन हो, लामो समयको वर्षा हुँदैन, हल्का र क्षणिक खालको हुन्छ,’ उनले भने । मौसम पूर्वानुमान महाशाखाले बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ ।
जसमा भनिएको छ, प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश, गणडकी प्रदेशका केही स्थानमा साथै लुम्बिनी र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ । केही दिनयता दैनिक वर्षा भइरहेको छ । हाल नेपालमा स्थानीय वायु र भारतको मध्य प्रदेशदेखि पश्चिम बंगालको समथर भूभागमा बनेको न्यून चापीय प्रणाली प्रभाव छ ।
महाशाखाका अनुसार यस्तो छ, तीन दिनको मौसम अनुमान
वैशाख २३ गते शुक्रबार
दिउँसो – देशभर आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानमा साथै लुम्बिनी र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
राती – देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भूभागमा सामान्यतया मौसम सफा रहनेछ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
वैशाख २४ गते शनिबार
दिउँसो – देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
राती – देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशको अन्य भूभागमा सफा रहने छ । प्रदेश १ र बागमती प्रदेशको पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
वैशाख २५ गते आइतबार
दिउँसो – देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
राती – देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशको अन्य भूभागमा सफा रहने छ । प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
सत्यपाटी । काठमाडौं ।