सूचनाको शक्ति - The Power Of Information

        

खजुराका सबै वडामा गठबन्धनको प्रचार ब्यापक

खजुरा गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धनले ब्यापकरुपमा प्रचार प्रसार गरेको छ । बैशाख ३० गते हुने चुनावको मिति नजिकिँदै गर्दा गठबन्धनले पालिकस्तरमा नै ब्यापक प्रचार गरिरहेको छ ।

पालिकाको केन्द्रमा रहेको खजुरा बजारमा गठबन्धनको ब्यापक प्रचारसहित आज वृहत् ¥यालीको आयोजना गरिएको छ । वडा नम्बर ३ मा रहेको १ नम्बर बजारदेखि खजुरा बजारसम्म ५ सय बढी स्थानीयको सहभागितामा ¥यालीको आयोजना गरिएको हो । ¥यालीले खजुरा बजार परिक्रमा गरेको थियो ।

¥यालीमा पालिका अध्यक्षका उम्मेदवार डम्बर विक ‘तुफान’, उपाध्यक्ष उम्मेदवार मञ्जु मल्ल, वडा नम्बर ३ का उम्मेदवार रमेश सिजाली लगायत वडा समिति, प्रचारप्रसार समितिको उपस्थिति थियो ।

त्यस्तै पालिकाको वडा नम्बर १, वडा नम्बर २, वडा नम्बर ३ मा पनि प्रचारप्रसारका क्रममा स्थानीयवासीको ठूलो उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार १८:४०