सूचनाको शक्ति - The Power Of Information

        

मन्त्री अथक कोहलपुरमा मतमाग्दै घरदैलोमा

बाँकेमा स्थानीय तह सदस्य निर्वाचनका लागि अब मतदान गर्न बाँकी ८ दिन मात्र बाँकी रहँदा निर्वाचन आचारसंहिता नियमनको बारेमा संबन्धित निकाय मौन देखिएको छ ।

मतदान गर्ने समय नजिकै गर्दा गठबन्धनमा रहेका सत्तारूढ मन्त्रीहरु चुनावी मैदानमा आफ्नोपार्टीका उम्मेदवार विजय गराउन आचारसंहिताको खिल्ली उडाउदै उत्रिएका छन । निर्वाचन आचारसंहिताले त्यसलाई रोकेता पनि निर्वाचन आचारसंहिता विपरित उनीहरु चुनावी मैदानमा उत्रिएका हुन ।

बाँकेको कोहलपुर नगरपालिकाको निर्वाचनमा युवा तथा खेलकुद मन्त्रालयका मन्त्री महेश्वर जंग गहतराज (अथक)ले आफ्नो पार्टीको उम्मेदवार नरेन्द्र न्योपानेलाई विजयी गराउन कोहलपुर वडान ५ को चुनावी प्रचार प्रसारमा अंग रक्षकसहित सहभागिता भएका छन ।

कोहलपुर नगरपालिका वडा न ५ को चुनाव प्रचार प्रसारमा मन्त्री अर्थक उत्रीएका हुन । कोहलपुर नगर निर्वाचन अधिकृत तिर्थराज भट्टले बाहलवाला मन्त्री आफ्नो अंगरक्षकसहित पार्टीको प्रचारमा घरदैलोमा जान आचारसंहिताले रोक्ने बताए ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार १८:३७