इलाका प्रहरी कार्यालय जमुनाहाले लागुऔषध ब्राउनसुगर सहित २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा, बाँकेको बैजनाथ गाउँपालिका वडा नं.३ बस्ने २३ वर्षीय कृष्णा प्रसाद रेग्मी र दैलेखको नारायण नगरपालिका वडा नं.९ सारु बस्ने २४ वर्षीया दिपिका पुन मगर रहेकी छिन ।
प्रहरीका अनुसार, भारतबाट भे१२प१४९७ नम्बरको मोटरसाइलमा दुवै जना सवार नेपालगञ्ज आउने क्रममा शंकाको आधारमा जाँच गर्दा रेग्मीले लाएको पाइन्टको गोजीबाट ६ ग्राम ब्राउनसुगर फेला परि पक्राउ गरिएको हो ।
प्रहरीले उनीहरुलाई पक्राउ गरी इप्रका जमुनाहामा राखि थप अनुसन्धान शुरु गरेको जनाएको छ ।
सत्यपाटी । बाँके ।