सूचनाको शक्ति - The Power Of Information

        

आईजीपी नियुक्ति प्रकरणमा आज पनि सुनुवाई

प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिको विरुद्धमा परेको मुद्दामा आज बिहीबार पनि सर्वाेच्च अदालतमा सुनुवाइ हुने भएको छ ।

आईजीपी नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटलाई सुष्मलता माथेमाको एकल इजलासले बुधबार हेर्दाहेर्दैमा राखेको थियो ।

सरकारले गत आइतबार धिरजप्रताप सिंहलाई नेपाल प्रहरीको २९ औं प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो । वरियता मिचेर आइजीपी नियुक्त गरिएको चन्दै असन्तुष्ट रहनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले त्यसको भोलीपल्ट सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

सरकारले वरियताको पहिलो नम्बरमा रहनुभएका पोखरेललाई पन्छाएर तेस्रो वरियतामा रहनुभएका सिंहलाई महानिरीक्षक बनाएको थियो ।

सरकारले आईजीपी नियुक्त गरेको धीरजप्रताप सिंह आफूभन्दा जुनियर भएको जिकिर गर्दै पोखरेलले सरकारको निर्णय खारेज गर्न परमादेशको माग गरेर रिट दायर गर्नुभएको थियो ।

सो रिट उपर इजलासमा पोखरेलको तर्फबाट मेघराज पोखरेल, सतीशकृष्ण खरेल, हरिहर दाहाल, महादेव यादवलगायतले बहस गरेका थिए भने सिंहको तर्फबाट महान्यायाधिवक्ता खम्मबहादुर खातीसहित वरिष्ठ अधिवक्ताहरू सुशील पन्त, भीमार्जुन आचार्य, टीकाराम भट्टराईलगायतले बहस गरेका थिए ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार १०:४१