सूचनाको शक्ति - The Power Of Information

        

रोकियो वर्षा, बेलुकीपख फेरि पानी पर्ने सम्भावना

काठमाण्डौसहित देशका धेरै ठाउँमा पानी पर्न रोकिएको छ । गएरातिदेखि बिहानसम्म काठमाण्डौसहित देशका धेरै ठाउँमा पानी परेको थियो ।

राति एक/दुई ठाउँमा ठूलो वर्षा समेत भएको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । उहाँका अनुसार गण्डकी प्रदेशका धेरैजसो ठाउँमा ठूलो वर्षा भएको छ ।

अहिले पानी पर्न रोकिए पनि बेलुकीपख फेरि पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रधानाङ्गले जानकारी दिनुभयो । उहाँका अनुसार आज पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने अनुमान छ ।

नेपालमा अहिले स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू–भागसम्म बनेको न्यून चापीय प्रणालीकाे प्रभाव रहेको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार ०९:२३