सूचनाको शक्ति - The Power Of Information

        

जितका लागि कांग्रेसलाई जानकीवासीको शुभकामना

 स्थानीय निर्वाचन आउन अब ९ दिन मात्र बाँकी रहँदा जानकी गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवारले मतदाता भेटघाटलाई तीब्रता दिएका छन् ।

निर्वाचनको प्रचारप्रसारका क्रममा जानकी गाउँपालिका अध्यक्ष पदका उम्मेदवार छब्बन खाँ, उपाध्यक्ष पदकी उम्मेदवार रामप्यारी यादव लगायतका उम्मेदवारले आज दिनभर पालिकाको वडा नम्बर १ का जनतासँग भेटघाट गरेका हुन् ।

भेटघाटका क्रममा उम्मेदवारहरुले जानकीको समग्र विकासका लागि नेपाली कांग्रेसलाई जिताउन जानकीवासीलाई अनुरोध गरेका छन् ।

वडा नम्बर १ मा रहेका प्रत्येक घर–घरमा पुगेका उमेदवारलाई जानकीवासीले जितको शुभकामना दिँदै आशिर्वाद समेत दिएका छन् ।

भेटघाटका क्रममा उम्मेदवारहरुले रुखमा भोट हालेर यो पटक बहुमतले कांग्रेसलाई जिताउने आग्रह गरेका छन् ।
जानकीको वडा नम्बर १ भारतीय सीमासँग जोडिएको ठाउँ हो ।

जहाँ विकासको गति अझै पनि न्यून देखिन्छ । यहाँका गाउँहरुमा स्तरीय सडक निर्माण गर्न अति आवश्यक रहेको अध्यक्ष पदका उम्मेदवार खाँले बताउनुभयो ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार १९:०७