सूचनाको शक्ति - The Power Of Information

        

खजुराको १ र २ पनि गठबन्धनको बलियो पकड

खजुरा गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धन छ ।

स्थानीय चुनावको नजितालाई गठबन्धनको पोल्टामा पार्न पालिकाका सबै वडा र घर–घरमा गठबन्धनका उम्मेदवार पुगिरहेका छन् ।

आज खजुरा गाउँपालिकाको वडा नम्बर १ र २ मा गठबन्धनका समर्थकको ठूलो भिड नै देखिएको छ । गठबन्धनबाट अध्यक्ष पदका उम्मेदवार डम्बर विक ‘तुफान’ र उपाध्यक्ष पदकी उम्मेदवार मञ्जु मल्ल वडा नम्बर २ मा पुग्दा वडाका करिब ५ सय जनताले साथ दिएका छन् ।

तुफान र मल्लले स्थानीयलाई सम्बोधन गर्दै खजुराको बृहत्तर हितका लागि गठबन्धनलाई जिताउन आग्रह गर्नुभएको छ ।

त्यस्तै वडा नम्बर १ मा पनि स्थानीयको उल्लेख्य सहभागिता रहेको छ । वडा नम्बर १ नेकपा एमालेबाट अध्यक्ष पदका उम्मेदवार सुमन मल्लको वडा हो ।

मल्लले २०७४ सालको स्थानीय चुनावमा वडा अध्यक्ष समेत जित्नुभएको थियो । तर, यो वडाका स्थानीयले पनि गठबन्धनलाई जिताउन आफूहरु लागिपर्ने बताएका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार १९:०४