सूचनाको शक्ति - The Power Of Information

        

थप १९ जनामा काेराेना सङ्क्रमण, १८ जना निकाे

 पछिल्लो २४ घण्टामा नेपालमा १९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी तीन हजार आठ सय २१ जनाको नमुना परीक्षण गर्दा १९ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

थप १८ जना कोरोना सङ्क्रमित निको भएसँगै अहिले नेपालमा दुई सय १७ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित छन् । यही अवधिमा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएन ।

यसैबीच पछिल्लो २४ घण्टामा ३० हजार ६ सय ५६ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएकाे मन्त्रालयले जनाएकाे छ ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार १९:००