सूचनाको शक्ति - The Power Of Information

        

फुट्यो नेकपा

नेकपामा ‘विप्लव’ र ‘प्रकाण्ड’लाई कारबाही, पार्टी संयोजकमा बास्तोला

नीय तह निर्वाचनमा भाग लिने विप्लवको प्रस्तावपछि सो पार्टीमा विवाद चर्किएको विवाद अन्ततः फुटसम्म पुगेको छ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी फुटेको छ । महासचिव ‘विप्लव’ र पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई कारबाही समेत गरिएको छ ।

‘विप्लव’ नेतृत्वको नेकपाका नेताद्वय हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला पक्षको आजदेखि चितवनमा सुरु भएको भेलाले महासचिव ‘विप्लव’ र प्रवक्ता विश्वकर्मा ‘प्रकाण्ड’लाई कारबाही गरेको हो ।

भेलाले महासचिव विप्लवलाई कारबाही गरेर धर्मेन्द्र बास्तोलालाई पार्टीको नयाँ संयोजक तोक्दै नेकपाको पार्टी पुनर्गठन समेत गरेको छ । यसअघि, विप्लवले पार्टीको हितविपरीत लागेको भन्दै ओली र बास्तोलालाई कारबाही गरेका थिए ।

ओली बास्तोला समूहले पार्टीमा आफ्नो बहुमत भएको दाबी गर्दै आइरहेका छन् । विप्लव नेकपाभित्र स्थानीय निर्वाचनमा भाग लिएर जाने कि बहिष्कार गरेर अघि बढ्ने भन्ने विषयमा दुई धार देखिएको थियो ।

विप्लव पक्षले चुनावीलाई उपयोग गर्ने बताएको थियो भने अर्को पक्षले चुनाव बहिष्कार गरेर अघि बढ्ने बताएको थियो । यसअघि विप्लवले नेताहरू धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश वली ‘सुदर्शन’लाई जिम्मेवारीमुक्त गरेपछि पार्टीभित्र विवाद चुलिएको थियो ।

विवाद बढ्दै गएपछि विप्लवले पार्टीबाट आफूविरोधी नेताहरू बास्तोला र वलीलाई निकालेका थिए । स्थानीय तह निर्वाचनमा भाग लिने विप्लवको प्रस्तावपछि सो पार्टीमा विवाद चर्किएको विवाद अन्ततः फुटसम्म पुगेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार १५:३९