सूचनाको शक्ति - The Power Of Information

        

बच्चालाई बिगार्ने अभिभावकका यी पाँच गल्ती

आमा–बुवाले बच्चालाई माया–प्रेम दिएर हुर्कारहेका छन् भने यसलाई प्रशंसा गर्नैपर्छ तर उनीहरुलाई हुर्काउँदै गर्दा तपाईंले बच्चाका केही कुरा पनि बुझ्न आवश्यक छ ।

यसो गर्दा तपाईंको बच्चा भविष्यमा राम्रो व्यक्ति बन्न सक्नेछन् । कतिपटक बच्चालाई असाध्यै पुल्पुल्याउँदा बच्चा बिग्रन थाल्छन् । उनीहरु आफ्नो सबै कुरामा जिद्दी गर्न थाल्छन् र आफूले भनेको कुरा पूरा नहुँदा चिच्याउने, रिसाउने गर्न थाल्छन् ।

कतिपय अवस्थामा बच्चाहरु घरमा आउने आफन्तप्रति पनि खराब व्यवहार देखाउने गर्छन्, दिनभरी टिभी हेरिरहन्छन् र रिमोट नपाउँदा केही पनि भनेको मान्दैनन् । यदि तपाईंको बच्चालाई पनि यस्तै कुराको बानी परिसकेको छ भने तपाईंले आफ्नो बच्चामाथि गर्ने व्यवहारमाथि केही परिवर्तन ल्याउनुहोस् । यी टिप्सले तपाईंलाई मद्दत गर्नसक्छ ।

१. बच्चाको हरेक जिद्दी पूरा नगर्नुहोस्

अभिभावकले आफ्ना बच्चालाई उनीहरुले भनेको सबै कुरा पूरा गर्न सकिँदैन भनेर सम्झाउनुपर्छ । बच्चाहरुले केही कुरामा जिद्दी गरिरहेका छन् भने उनीहरुलाई शान्त स्थानमा लैजानुहोस् र उनीहरुको चुप गराउन कोसिस गर्नुहोस् ।

उनीहरुले जुन कुराका लागि जिद्दी गरिरहेका थिए, त्यो उनीहरुका लागि राम्रो होइन भनेर सम्झाउनुहोस् । तपाईंले उनीहरुलाई बाल्यकालदेखि नै केही सीमा निश्चित गरिदिनुहोस् जस्तै उनीहरुको पढ्ने–खेल्ने समय निर्धारण गरिदिनुहोस् ।

२. अरुलाई अनादर नगर भनेर सम्झाउनुहोस्

बच्चाले अरु व्यक्तिहरुको अनादर त गरिरहेका छैनन् भन्ने कुरामा ध्यान दिनुहोस् । यदि बच्चाले यस्तो गरिरहेका छन् भने खराब व्यवहार गर्नु राम्रो कुरा होइन भनेर राम्रोसँग सम्झाउनुहोस् । गलत तरिकाले कुरा गर्दा वरिपरिका मानिसलाई समस्या पुर्याउन सक्छ । अभिभावकले आफ्नो बच्चालाई राम्रोसँग बोल्न र व्यवहार गर्न सिकाउनुपर्छ ।

३. पैसा माग्दा आवश्यकता बुझ्नुहोस्, अनिमात्रै दिनुहोस्

धेरैजसो अभिभावकले बच्चालाई असाध्यै माया गर्ने नाममा उनीहरुलाई जति माग्यो त्यति पैसा दिने गर्छन् । यसो गर्दा बच्चामा पैसाको खराब बानी लाग्न सक्छ । यस्तो भएको खण्डमा बच्चाहरुले पैसाको सम्मान गर्दैनन् र त्यसबाट किनेको सामान एक वा दुई पटक मात्रै प्रयोग गर्छन् वा फ्याँकिदिन्छन् । तपाईंहरुले बच्चाको हातमा पैसा नदिएर उनीहरुलाई आफैँले सामान किनेर दिनुहोस् र ती सामानलाई राम्रोसँग प्रयोग गर भनेर सम्झाउनुहोस् ।

४. जिस्क्याउनेहरुसँग कुरा गर्नुहोस्

यदि तपाईंको बच्चालाई कसैले दुःख दिइरहेको छ भने अभिभावकले आफ्नो बच्चासँग कुरा गरेर उनीहरुलाई कसले दुःख दिइरहेको छ भनेर सोध्नुहोस् । तर यदि तपाईंको बच्चाले नै कसैलाई दुःख दिइरहेको छ भनेर कसैले भन्यो भने आफ्नो बच्चासँग तुरुन्त कुरा गर्नुहोस् ।

‘यस्तो गर्दा तिमीलाई पनि नराम्रो लाग्छ भने अरुलाई पनि त्यस्तै नराम्रो लाग्छ’ भनेर सम्झाउनुहोस् । तपाईं आफ्नो बच्चाले यस्तो व्यवहार गर्नुको पछाडिको कारण जान्ने कोसिस गर्नुहोस् । साथै, उनीहरुलाई राम्रो बानीको विकास गर्नुहोस् । अरुलाई मद्दत गर्नुपर्छ भन्ने भाव पैदा गराउनुहोस् ।

५. झुटो नबोल्न भन्नुहोस्

यदि तपाईंको बच्चालाई झुटो बोल्ने बानी परेको छ भने तपाईंले बच्चाको व्यवहार परिवर्तन गर्नुहोस् । बच्चाका साथी कस्ता छन्, साथीहरुले पनि झुटो बोल्छन् कि भन्ने कुरा विचार गर्नुहोस् । यसबाहेक कतै उनीहरुले गलत काम त गरिरहेका छैनन् भन्ने कुरालाई पनि नियाल्नुहोस् । अभिभावकले यस्तो स्थितिमा बच्चालाई गाली नगर्नुहोस् ।

यसो गर्दा उनीहरुले आफ्नो कुरा लुकाउने गर्छन् । उनीहरुलाई यस्तो बानीले भविष्यमा हानी पुर्याउन सक्छ भनेर बुझाउनुहोस् । तपाईंले उनीहरुलाई झुटो बोल्दाको दुस्परिणामसँग सम्बन्धित कथा कहानी पनि सुनाउन सक्नुहुन्छ । बच्चाहरुमा राम्रो व्यवहार विकसित गर्नु अभिभावकको जिम्मेवारी हुन्छ । यस्तोमा यी टिप्सले तपाईंलाई केही हदसम्म सहयोग गर्नेछ ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार १४:०२