सूचनाको शक्ति - The Power Of Information

        

गाउँपालिका अध्यक्षबाट राजीनामा दिएर वडा सदस्यका उम्मेदवार

गुल्मीको चन्द्रकोट गाउँपालिका अध्यक्ष द्रोणबहादुर खत्रीले पदबाट राजीनामा दिएर वडा सदस्यमा उम्मेदवारी दिएका छन् । खत्रीले अध्यक्ष पदबाट राजीनामा दिएर चन्द्रकोट गाउँपालिका ३ को वडा सदस्यको उम्मेदवारी दिएका हुन् ।

काँग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेका उनी वडासदस्य जितेर जिल्ला समन्वय प्रमुख हुने लाइनमा लेखिएका छन् । चन्द्रकोट गाउँपालिका अध्यक्षमा गठबन्धनबाट यसपटक माओवादी केन्द्रका नेता युवराज केसी अध्यक्षको साझा उमेदवार छन् ।

उपाध्यक्षको साझा उमेदवार काँग्रेस विष्णुप्रसाद भण्डारी छन् । नेकपा एमालेबाट अध्यक्षका उमेदवार चेतन बस्नेत रहेका छन् भने एमालेकै राधिका अर्याल उपाध्यक्षकी उम्मेदवार छिन् ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार १०:०९