कैलालीमा झुण्डिएर ३ जनाले आत्महत्या गरेका छन् । मंगलबार भजनी नगरपालिका र धनगढी उप महानगरपालिकामा ३ जना झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार भजनी नगरपालिका–१ गौनिया बस्ने करिब ४ वर्षीया आशा देवी चौधरी स्थानीय पशुपति सामुदायिक बनमा रुइनाको रुपमा दोपट्टाको पासो लगाएर झुण्डिएकी छिन् ।
उनको शव पोष्टमार्टमका लागी टिकापुर अस्पतालमा राखिएको छ । भजनी नगरपालिका–८ मोहनापुर बस्ने ७५ वर्षीया काली चौधरी थरुनीले आफ्नै घरमा प्लास्टिकको डोरीमा पासो लागेर आत्महत्या गरेकी छिन् । उनको शव पनि टिकापुर अस्पतालमा राखिएको छ ।
त्यस्तै धनगढी उपमहानगरपालिका–७ देवरीया बस्ने नम्रता चौधरीले पनि पङ्खाको सिलीङमा दोपट्टाले पासो लगाएर आत्महत्या गरेकी छिन् । १६ वर्षीया नम्रताको शव सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ ।
सत्यपाटी । कैलाली ।