सूचनाको शक्ति - The Power Of Information

        

मेरो डायरी

को हुन् कोहलपुरमा उपप्रमुख पदका प्रत्यासी संगीता सुवेदी ?

कोहलपुरबासीले सुवेदीलाई आशा, भरोसा र सम्भावना भएको महिला नेतृका रुपमा चिन्ने गरेका छन् ।

बाँकेको कोहलपुर नगरपालिका पश्चिम तराइँको उदाउँदो सहर हो । कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रवेशद्धारका रुपमा रहेको कोहलपुर नगरपालिकाको उपप्रमुखमा कसले वाजी मार्ला सबैलाई चासो छ ।

अघिल्लो निर्वाचनमा उपप्रमुखमा काँग्रेसका तर्फबाट सञ्जुकुमारी थारु विजयी भएकी थिइन् । थारुको विरासत जोगाउन युवा नेतृ संगीता सुवेदीलाई काँग्रेसले उपप्रमुख पदको उम्मेदवार बनाएको छ । व्यापारिक पृष्ठभूमिबाट सामाजिक क्षेत्र हुँदै सुवेदी राजनीतिमा प्रवेश गरेकी हुन् ।

१४ औं महाधिवेशनबाट सुवेदी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि राजनीतिमा सम्भावना देख्ने युवाहरुका लागि प्रेरणाको स्रोत बनिन् । छोटै समयमा सुवेदीले आफुलाई राजनीतिमा अब्बल बनाइसकेकी छन् । त्यसैले त पार्टीले आशा र भरोसाको केन्द्रका रुपमा स्थापित सुवेदीलाई पश्चिम तराइको उदाउँदो सहर कोहलपुरको उपप्रमुख पदको उम्मेदवार बनाएको छ ।

कोहलपुर नगरपालिका–११ की ३८ वर्षीया सुवेदीले प्रविणता प्रमाणपत्र तह अध्ययन गरेकी छन् । २०४१ सालमा कास्कीमा जन्मिए पनि सुवेदीको कर्मथलो भने बाँके बन्यो । ग्रीनपिस मावि कोहलपुरबाट माध्यामिक तह उत्तीर्ण गरेपछि उनले प्रविणता प्रमाणपत्र तह भने बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरबाट गरिन् ।

कोहलपुर उद्योग बाणिज्य संघको बाणिज्यतर्फको उपाध्यक्षसमेत रहेकी सुवेदीले यसअघि जेसीसको अध्यक्ष, लाइन्स अफ कोहलपुर कस्वतीको अध्यक्ष, लोक तथा दोहोरी प्रतिष्ठानको सल्लाहकारजस्ता संघसंस्थामा बसेर नेतृत्वदायी भूमिका निर्वाह गरिसकेकी छन् ।

युवापुस्ताका लोकप्रिय, सहयोगी, मिलनसार स्वभावका कारण कोहलपुर नगरपालिकाको उपप्रमुखमा सुवेदी अन्य उम्मेदवारभन्दा बलियो देखिएकी छन् । विभिन्न संघसंस्थामा रहेर कुशलतापूर्वक नेतृत्व प्रदान गरिसकेकाले कोहलपुरबासीले सुवेदीलाई आशा, भरोसा र सम्भावना भएको महिला नेतृका रुपमा चिन्ने गरेका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार ०८:५१