सूचनाको शक्ति - The Power Of Information

        

काठमाडौंमा बर्षा, अन्य भागमा आंशिक बदली

नेपालमा हाल तीन वटा मौसमी प्रणालीको प्रभाव छ । स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथर भू–भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकाका केही स्थानमा आज एकाबिहान वर्षा भएको छ । अहिले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

अरू भू–भागमा आंशिक बदली रहनेछ । पहाडी भू–भागका केही र तराई भू–भागका एक–दुई स्थानहरूमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना छ । राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

अरू भू–भागमा आंशिक बदली रहनेछ । प्रदेश नम्बर १, वाग्मती, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानहरूमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार ०६:३१