सूचनाको शक्ति - The Power Of Information

        

एमाले कार्यकर्ताद्वारा गठबन्धनका उम्मेदवारमाथि खुकुरी प्रहार

बैतडीमा गठबन्धनबाट वडा सदस्यका उम्मेदवारमाथि खुकुरी प्रहार गर्ने नेकपा एमालेका एक कार्यकर्ता पक्राउ परेको छ ।

पक्राउ पर्नेमा डिलाशैनीका २८ वर्षीय अजित साउँद रहेको बैतडी प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

डिलाशैनी गाउँपालिका वडा नं ५ का वडा सदस्यका उम्मेदवार ५५ वर्षीय हरिराम साउँमाथि गाएरति खुकुरी प्रहार भएको थियो ।

खुकुरी प्रहारमा संलग्न रहेको भन्दै पीडितले नामा दिएको आधारमा अजितलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । अजित एमालेका कार्यकर्ता हुन् ।

घटनामा संलग्न अन्यको पनि खोजी भइरहेको छ । माओवादी केन्द्रका तर्फबाट उम्मेदवार रहेका साउँद आफ्नै एक घरबाट अर्को घर गइरहेका बेला बीच बाटोमा स्थानीय अजित साउँद र उनको समूहले खुकुरी प्रहार गरेको बताइएको छ ।

खुकुरी प्रहारबाट घाइते भएका साउँदको टाउको, हात, मुखमा गम्भीर चोट लागेको छ । उनको गोकुलेश्वर अस्पतालमा उपचार हुन नसकेपछि धनगढी रेफर गरिएको छ ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलवार १९:२५