सूचनाको शक्ति - The Power Of Information

        

कोहलपुरमा काँग्रेस उम्मेदवार आचार्य र सुवेदी घरदैलोमा

नेपाली काँग्रेसबाट कोहलपुर नगरपालिकाको नगर प्रमुख पदका उम्मेद्वार पूर्णप्रसाद आचार्य र उपप्रमुख पदका उम्मेदवार संगीता सुवेदीले कोहलपुर नगरपालिका वडा नं. ५ का मतदातासँग भेटघाट गरेका छन् ।

स्थानीय तहको निर्वाचनका क्रममा नेपाली काँग्रेसका उम्मेद्वारहरुले घरदैलो अभियान कार्यलाई तिव्रता दिएका छन् ।

सो क्रममा नगर प्रमुख पदका उम्मेद्वार आचार्यले वडा नं. ५ को विकासका लागि काँग्रेसका उम्मेद्वारहरुलाई बिजय गराउन आग्रह गरे ।

वडा नं. ५ मा शिक्षा, स्वास्थ्य, कृषि र खानेपानी लगायतका समस्या समाधान गर्नका लागि विशेष योजनाका साथ काम गर्ने उनले प्रतिवद्धता समेत जनाए ।

घरदैलो अभियानका क्रममा उपप्रमुख पदकी उम्मेद्वार संगीता सुवेदीले कोहलपुरको समग्र विकासका लागि नेपाली काँग्रेसका उम्मेद्वारहरुलाई आफ्नो अमूल्य मत दिई बिजय गराउन आग्रह गरिन ।

घरदैलो अभियानमा कोहलपुर नगरपालिका वडा नं. ५ का वडाअध्यक्ष पदका उम्मेदवार नारायणी घिमिरे, महिला सदस्य पदका उम्मेदवार खीमा केसी खत्री, दलित महिला सदस्य किरण दलामी, खुल्ला सदस्य कलसिंह वली र सीता कार्कीलगायतका सहभागी रहेका थिए ।

उम्मेदवारहरुले कोहलपुरलाई सम्बृद्ध र विकसित सहर बनाउने अभियानका साथ प्रतिबद्धतापत्र बोकेर घरदैलोमा जुटेका हुन् ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलवार १८:३०