नेपाली कांग्रेसका उम्मेदवारहरुले बैजनाथका औद्योगिक क्षेत्र प्रभावित जनताको उचित व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका छन् ।
अध्यक्षका उम्मेदवार प्रकाश बहादुर शाही र उपाध्यक्षकी उम्मेदवार निर्मला रोकायले आज (मंगलबार) घरदैलोका क्रममा स्थानीय जनतालाई भेटेर समस्या समाधानका लागि तदारुकता देखाउने बचन दिनुभएको हो ।
वडा नम्बर २, ३, ५ र ८ मा पुग्नुभएका अध्यक्ष शाही र उपाध्यक्ष रोकाय लगायत वडा अध्यक्ष र सदस्यका उम्मेदवारहरुले मतदाताको घरघरमै पुगेर समस्या सुन्दै छलफल र अन्तरक्रिया गर्नुभएको हो ।
स्थानीय नेता कार्यकर्ताहरुको साथमा घरदैलोमा पुगेका कांग्रेस उम्मेदवारहरुलाई स्थानीयहरुले स्वागत गरेका थिए ।
सत्यपाटी । बाँके ।