सूचनाको शक्ति - The Power Of Information

        

मुस्लिम अगुवासँग गठबन्धनका उम्मेदवारको भेटघाट

मुस्लिम समुदायको महान पर्व ईद उल फित्रक‍ो अवसरमा कोहलपुर नगरपालिकाका मेयर पदका उम्मेदवार नरेन्द्र न्यौपानेले मुस्लिम समुदायसँग भेटघाट गरेका छन ।

मंगलबार कोहलपुरका मुस्लिम समुदायसँग भेट गरी मेयर पदका उम्मेदवार न्पौपानेले ईद उल फित्रक‍ो शुभकामना दिएका हुन ।

कोहलपुरमा सबै धर्म र समुदायका नागरीकहरुबिच आपसी भाईचारको सम्बन्ध स्थापित भएकाले कोहलपुर नमुना शहरका रुपमा विकास हुने क्रममा रहेको न्यौपानेले बताए ।

पश्चिम नेपालकै ट्रान्जिट प्वईन्टका रुपमा रहेको कोहलपुरलाई धार्मिक सद्भावको शहरका रुपमा विकास गर्नुपर्ने बताउँदै न्यौपानेले ईद उल फित्रले आपसी सद्भावलाई थप मजबुत बनाउने बताए ।

“कोहलपुरमा ७७ जिल्लाकै नागरीकहरु छरीएर बस्नुभएको छ” न्यौपानेले भने, “यहाँ सबै जातजाती र धर्म, संस्कृती र समुदायका मानिसहरुको बसोबास छ ।

हामी सामाजिक एकतालाई थप मजबुत बनाउन कोहलपुरलाई धार्मिक सद्भावको शहरका रुपमा विकास गर्नेछौं ।”भेटघाटका क्रममा गठबन्धनका साझा उम्मेदवार न्यौपानेसँगै उपमेयरका उम्मेदवार नारायणी वलीले समेत ईद उल फित्रक‍ो शुभकामना दिएकी थिईन ।

त्यसक्रममा मुस्लिम अगुवाहरुले जितको शुभकामना समेत दिएका थिए । कोहलपुरमा नेकपा ९माओवादी केन्द्र० र नेकपा (एकिकृत समाजवादी) बिच चुनावी तालमेल भएको छ ।

दुबै दलको संयुक्त गठबन्धनबाट मेयरमा न्यौपाने र उपमेयरमा वली चुनावी मोर्चामा होमिएका छन ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलवार १८:१६