सूचनाको शक्ति - The Power Of Information

        

नरैनापुरमा एमालेको प्रतिबद्धता पत्र सार्वजनिक

नेकपा एमाले नरैनापुर गाउँपालिकाले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेको छ ।

नेकपा एमाले बाँके इन्चार्ज सुर्य ढकाल, प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री आरती पौडेल, निर्वाचन परिचालन कमिटिका संयोजक राम कुमार दीक्षित, एमाले नेता सोहन लाल यादव, भारती खनाल, एमाले नरैनापुर गाउँपालिकाका उम्मेदवारले सार्वजनिक गरेका हुन् ।

सार्वजनिक कार्यक्रममा एमालेका जिल्ला इन्चार्ज सुर्य ढकाल भने, ‘परिवर्तन नरैनापुरको चाहना हो र नेकपा एमाले नरैनापुरलाई समृद्ध बनाउन चाहन्छ,’ परिवर्तको चाहना बोकेका नरैनापुरबासीको मत प्रतिवद्धता पत्रले जित्नेमा विश्वस्त छु ।’

एमालेबाट गाउँपालिका प्रमुखमा अध्यक्ष पदमा पदमावति यादव, उपप्रमुख पदमा पञ्चराम यादव, नरैनापुरको वडा नम्बर १ मा मलहे शेष, वडा नम्बर  २ मा मैसर खाँ, वडा नम्बर ३ मा ताज खाँ, वडा नम्बर ४ मा सुनैना मिश्र, वडा नम्बर ५ मा विनय दीक्षित र वडा नम्बर ६ मा शालिकराम यादवले उम्मेदवारी दिएका छन् ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलवार १८:००