कोहलपुर नगरपालिकाका मेयर पदमा विवादित व्यक्तिलाई उम्मेदवार बनाएपछि नेकपा एमालेकोे चौतर्फी आलोचना भइरहेको छ । एमालेले लिखित गाली बेइज्जती मुद्दामा बाँके जिल्ला अदालतबाट दोषी ठहर भई सजाय भोगेका खिलप्रसाद भुसाललाई उम्मेदवार बनाएपछि एमालेभित्रै चर्को आलोचना र तीव्र असन्तुष्टि देखिएको छ ।
नेकपा एमालेका कोहलपुर नगर अध्यक्ष तथा नेकपा एमालेका तर्फबाट कोहलपुर नगरपालिकाका मयेर पदका उम्मेदवार भुषाल र नेकपा माओवादीका तत्कालीन नगर अध्यक्ष तेजप्रसाद चापागाईले चेतकान्त भट्टराई, शिवध्वज शाही रुद्रमणी न्यौपानेलाई चोरीको आरोपसहित गाली बेइज्जती गरेका थिए ।
कोहलपुर ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र कोहलपुरमा पुस्तकालयका अध्यक्ष भट्टराई, कर्मचारी शाही र पुस्तकालयका आजिवन सदस्य तथा कानुन व्यवसायी न्यौपानेलाई पुस्तकालय खोली पुस्तकालयको महत्वपूर्ण कागज पत्र चोरेका आरोप लगाएर विभिन्न मिडियामा भुसाल र चापागाईले प्रेस विज्ञप्ती जारी गर्दै चोरीको आरोपसहित गाली बेइज्जती गरेपछि गाली बेइज्जती मुद्दामा दोषी ठहर भएका थिए ।
जिल्ला अदालतले भुसाल र चापागाईलाई दोषी ठहर गर्दै गरेको फैसलामा भनिएको छ, ‘पत्रिकामा प्रकाशित प्रेश विज्ञप्तीवाट फिरादीको पेशा व्यवसाय र मान प्रतिष्ठामा आँच पुग्न गई प्रतिवादीहरुको कार्य मुलुकी अपराधसंहिता, २०७४ को दफा ३०६ (१)र (२) (क) विपरित रहेको मिसिल संलग्न प्रमाणहरुवाट पुष्टि हुन आएकोले फिराद दावीबमोजिम बादीलाई प्रतिवादीहरुले लिखित बेइज्जती गरेको ठहरेकोले प्रतिबादीहरुलाई कसैको कसैले बेइज्जती गरेमा हुने सजायको व्यवस्था मुलुकी अपराधसहिंता २०७४ को दफा ३०७ मा उल्लेख भएकोमा सार्वजनिक नैतिकता वा प्रतिष्ठाविरुद्धका कसुरमा सजायको मात्रा कठोर हुनुभन्दा सांकेतिक सजाय गर्दा पनि कानूनको उद्देश्य पुरा हुने र प्रतिवादीहरु खिलप्रसाद भुसाल र तेजप्रसाद चापागाईलाई जनही रु ५०० गर्ने ठहर जिल्ला अदालतले गरेको छ ।’
फैसला प्रमाणीकरण भएको विवरण जिल्ला अदालतको सूचना पाटी र अदालतको वेवसाइटबाट प्राप्त जानकारी भएको थियोे । जिल्ला अदालतबाट दोषी ठहर भई सजाय भोगेका भुसाललाई अहिले कोहलपुर नगरपालिकामा नेकपा एमालेले मेयर पदको उम्मेदवार बनाएको छ । यसरी भुसाल अन्य व्यक्ति र संस्थालाई तथ्यहिन आरोप लगाउँदै व्यक्ति र संस्थाको गरिमामा आँच आउने कार्यमा संलग्न रहेको जिल्ला अदालतको फैसलाबाट पुष्टी भएको छ ।
यस्ताे छ जिल्ला अदालतको फैसला :







सत्यपाटी । बाँके ।