नेपाली कांग्रेसका तर्फबाट कोहलपुर नगरपालिकाको नगर प्रमुख पदका उम्मेद्वार पूर्णप्रसाद आचार्य र उपप्रमुख पदकी उम्मेद्वार संगीता सुवेदीलाई मुस्लिम धर्मगुरुहरुले आर्शीवाद दिएका छन् । मुस्लिम समुदायले ईद उलफित्र पर्वको अवसरमा कोहलपुर नगरपालिका वडा नं. ९ स्थित इदगाहमा पुगेको आचार्य र सुवेदीलाई इस्लाम धर्म गुरुहरुले आर्शीवाद दिएका छन् ।
सो अवसरमा नगर प्रमुख पदका उम्मेद्वार आचार्यले नेपाली कांग्रेसले आफ्नो राजनीतिक र सैद्धान्तिक पक्षमा पनि धर्मलाई आत्मासाथ गरेको बताउँदै सबै धर्महरुको संरक्षण कांग्रेसले गर्ने बताएका छन् । कोहलपुर नगरपालिकामा सबै धर्म समुदायका मानिसहरुको बसोबास रहेकाले धार्मिक तथा सामाजिक सद्भावका दृष्टिकोणले नमुना सहर रहेको बताउँदै नेपाली काँग्रेसलाई बिजय गराउन आग्रह समेत गरेका छन् ।
सो अवसरमा उपप्रमुख पदका उम्मेद्वार संगीता सुवेदीले मुस्लिम सामुदायको हकहितको सेवामा कांग्रेस संधै अगाडि रहेको पनि बताउँदै सबै धर्मको विकास गर्न आफुहरु लाग्ने बताइन् । त्यस क्रममा मुस्लिम सामुदाय धर्मगुरूले आचार्य र सुवेदीलाई जितको शुभकामनासँगै आर्शीवाद समेत दिएका थिए ।
यसैबीच उम्मेदवार आचार्य रसुवेदीले इस्लाम धर्मावलम्बीहरुको महत्वपूर्ण चाड इदको शुभकामना दिएका छन् । मुस्लिम समुदायको महत्वपूर्ण चाड इदको शुभकामना दिँदै उनीहरुले सबै धर्म समुदायका चाड पर्वहरुलाई सम्मान गर्नुपर्ने बताएका छन् ।
कोहलपुर नगरपालिकामा सबै धर्म समुदायका मानिसहरुको बसोबास रहेकाले धार्मिक तथा सामाजिक सद्भावका दृष्टिकोणले नमुना सहर रहेको बताए । उनहरुले मुस्लिम समुदायको हकहितको सवामा काँग्रेस सधैं अगाडि रहेको पनि बताए । त्यसक्रममा मुस्लिम समुदायले आचार्य र सुवेदीलाई आर्शीवाद दिँदै कोहलपुरमा कांग्रेसको विकल्प नभएको बताएका थिए ।
सत्यपाटी । बाँके ।