सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तह निर्वाचन २०७९

पूर्वमन्त्री राईले भने, ‘नेपालगन्जमा प्रशान्त र कमरुद्धिनको विकल्प छैन’

पूर्वमन्त्री मोहम्मद ईस्तियाक राईले समग्र नेपालगन्ज उपमहानगरपालिकाको विकास गर्नका लागि नगर प्रमुखमा प्रशान्त बिष्ट र उपप्रमुखमा कमरुद्धिन राईलाई निर्वाचित गराउनुको विकल्प नभएको बताएका छन् ।

मुस्लिम समुदायको महान पर्व ईदको अवसरमा नेपालगन्जको विपी चोकमा आज बिहान शुभ कामना साटासाट गर्दै उनले उपमहानगरपालिका चलाउनका लागि दुबै जना योग्य ब्यक्ति भएकोले बिष्ट र राईलाई निर्वाचित गराउनुको विकल्प नभएको बताएका हुन् ।

ईदको शुभकामना साटासाट गर्न विपी चोक पुगेका मुस्लिम र गैरमुस्लिम समुदायसँग बाँके क्षेत्र नम्बर २ का प्रतिनिधी सभाका सांसदसमेत रहेका राईले अबको पाँच वर्ष नेपालगन्ज उपमहानगरपालिकाको विकास निर्माणमा विष्ट र राईलाई सेवा गर्न दिनुपर्ने बताए ।

नेपालगन्जका मुस्लिम समुदायले निर्वाचनमा मतदान गर्दा एक पटक गम्भिर रुपले सोच्नुपर्ने उनको भनाई थियो । नेपालगन्ज उपमहानगरपालिकामा कांग्रेससहित गठबन्धनका तर्फबाट नगर प्रमुख पदका उम्मेदवार विष्टले आफु निर्वाचित भएपछि नेपालगन्जलाई धार्मिक तथा सामाजिक सद्भावको नमुना शहर बनाउन जोड दिने प्रतिवद्धता जनाएका छन् ।

मुस्लिम समुदायको महान पर्व ईदको अवसरमा नेपालगन्जको विपी चोकमा आज बिहान शुभकामना साटासाट गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले नेपालगन्जको धार्मिक तथा सामाजिक सद्भावबारे अन्य शहरले पनि सिक्नुपर्नेमा जोड दिए ।

साथै यहाँको धार्मिक सामाजिक सद्भावलाई जोगाईराख्न आफु प्रतिवद्ध रहेको बताए । हरेक समुदायका चार्डपर्वको आ–आफ्नै महत्व र विशेषता रहेको उनको भनाई छ ।

यस्तै उपप्रमुख पदका उम्मेदवार राईले कांग्रेस र जसपाले प्रमुख र उपप्रमुख पदमा दुई फरक धर्म र समुदायका उम्मेदवारलाई उठाएर वास्तवमै सद्भावको सन्देश दिएको बताए । ईदगाहमा नमाज पढ्न पुगेका मुस्लिम समुदायसँग नगर प्रमुख पदका उम्मेदवार विष्ट र उपप्रमुख पदका उम्मेदवार राईले अंकमाल गर्दै शुभकामना साटासाट गरेका थिए ।

 

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलवार १२:२७