सूचनाको शक्ति - The Power Of Information

        

राप्तीसोनारीमा पुन: काँग्रेसलाई जिताउन आग्रह

राप्तीसोनारीका काँग्रेस उम्मेदवारहरुले पाँच वर्षमा काँग्रेसले गरेका कामहरुको उचित मूल्यांकन गरेर आफूहरुलाई सहयोग गर्न आग्रह गरेका छन् ।

अध्यक्षका उम्मेदवार तप्त बहादुर पौडेल र उपाध्यक्षका उम्मेदवार मनिषासिंह थारुले यसअघि पनि काँग्रेसले नै जितेर जनताका पक्षमा गरेका कामहरुको उचित मूल्यांकन गर्दै फेरि पनि कांग्रेसकै उम्मेदवारहरुलाई जिताउन आग्रह गरे ।

राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर ८ मा आज (सोमबार) गरिएको घरदैलोका क्रममा पौडेल र थारुले अपूरा कामहरुको निरन्तरता लागि आफूहरुलाई पुन: अनुमोदन गर्न आग्रह गरे ।

घरदैलोमा राप्तीसोनारी गाउँपालिकाकी उपाध्यक्ष धनीकुमारी खत्रीले राप्तीसोनारीको बृहत्तर हितका लागि पुन: काँग्रेसलाई नै रोज्न आग्रह गरे ।

स्थानीयहरुले काँग्रेसका जनप्रतिनिधिले गरेका कामहरुबाट आफूहरु लाभान्वित भएको भन्दै फेरि पनि कांग्रेसलाई नै रोज्ने प्रतिक्रिया दिएका थिए ।

घरदैलोमा वडा अध्यक्षका उम्मेदवार नरेन्द्र विक्रम ओली लगायत वडा सदस्यका उम्मेदवारहरु पनि थिए । राप्तीसोनारीमा यसअघिको स्थानीय निर्वाचनमा काँग्रेसले अध्यक्ष र उपाध्यक्षसहित बहुमत वडामा जितेको थियो ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार १८:०५