सूचनाको शक्ति - The Power Of Information

        

डुडुवामा एमालेको घरदैलो सशक्त बन्दै

डुडुवा गाउँपालिकामा नेकपा एमालेबाट अध्यक्षका उम्मेदवार सरोज कुमारी यादवको घरदैलो अभियान सशक्त बन्दै गएको छ । सोमवार डुडुवाको वडा नं. ६ मा जनताका समस्याहरु बारे छलफल गर्नुका साथै घरदैलो गरिएको हो ।

अध्यक्षका उम्मेदवार यादव, उपाध्यक्षका उम्मेदवार शकिल खानसहित एमालेका उम्मेदवारहरुलाई बिजयी बनाउन नेता–कार्यकर्ताहरुले समेत छुट्टै घरदैलो अभियानलाई तिब्र पारेका छन् ।

आफू निर्वाचित भएपछि सबैभन्दा पहिला डुडुवाको बाढी र कटान समस्या र शिक्षा तथा कृषिमा विशेष जोड दिने अध्यक्ष उम्मेदवार यादवले बताइन् ।

डुडुवामा एमालेको सरकार आएपछि छात्रा विद्यालयसमेत सञ्चालन गर्ने वडा नं. ६ का वडाध्यक्षका उम्मेदवार मोहनराम मिश्रले बताए ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार १७:५६