सूचनाको शक्ति - The Power Of Information

        

आइजीपी नियुक्ति प्रकरण : एआइजी पोखरेल र थापा बिदामा

नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) विश्वराज पोखरेल एक महिना लामो विदामा बसेका छन् । आइतबारबाट लागू हुनेगरी पोखरेल एक महिना लामो विदामा बसेका हुन् । उनको विदा आइतबार नै स्वीकृत भइसकेको छ ।

त्यस्तै महानिरीक्षकै दौडमा रहेका अर्का अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) सहकुल थापा भने १० दिन विदामा बसेको प्रहरी प्रधान कार्यालय स्रोतले बतायो । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीको महानिरीक्षकमा धिरजप्रताप सिंहलाई नियुक्त गरेको थियो ।

सिंह अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) विश्वराज पोखरेल भन्दा जुनियर हुन् । पोखरेलभन्दा धिरजप्रताप सिंह १७ महिना र सहकुल थापा ८ महिना कनिष्ठ हुन् । पोखरेलले सिंह र थापालाई दर्ज्यानी प्रदान गरेका थिए । पोखरेलको पदावधि एक वर्ष अझै बाँकी छ ।

त्यस्तै सोमबार पोखरेल सर्वोच्च अदालत पुगेका छन् । उनको वारिस सुनिता राउतले रिट दर्ता गराउन गएकी हुन् । सरकारले अनुचित तवरमा सिनियरलाई पन्छाउँदै जुनियरलाई नियुक्तिको जिकीर रिटमा उल्लेख गरेका छन् ।

‘आम नागरिकको जीनरक्षामाथि जोडिएको संस्थामाथिको प्रहारले सुरक्षा निकायमा आवद्धहरूको मनोबल गिरेको छ’ रिटमा उल्लेख गरिएको छ ’यसले प्रहरीको वृत्ति विकासमा पनि असर पारेको छ ।’

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार १६:२१