सूचनाको शक्ति - The Power Of Information

        

जानकीमा कांग्रेसको घरदैलो तीव्र

नेपाली कांग्रेसका तर्फबाट बाँकेको जानकी गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार छब्बन खाँ र उपाध्यक्ष पदका उम्मेदवार रामप्यारी यादव यतिबेला जानकी गाँउपालिकावासीको घरदैलोमा ब्यस्त छन् ।

आगामी वैशाख ३० गते हुने स्थानीय चुनाव नजिकिँदै गर्दा जानकी गाँउपालिकामा कांग्रेसका उमेदवारले आचारसंहिताको पालना गर्दै जनतासँगको भेटघाट अभियानलाई तीव्रता दिइरहेका छन् ।

चुनाव हुन ११ दिन बाँकी रहँदा छब्बन खाँ, रामप्यारी यादव लगायतको टोलीले जनताका समस्यालाई आत्मसाथ गर्दै जनताको नेतृत्व नै कांग्रेसको नेतृत्व हो भन्ने विश्वास दिलाउन लागि परेको बताएका छन् ।

आज सोमबार जानकी गाउँपालिकाको वडा नम्बर ३ मा जनतासँगको भेटघाटका क्रममा अध्यक्षका उम्मेदवार खाँले यसपटक नयाँ नेतृत्वलाई हेर्न चाहेको प्रतिक्रिया आएकाले जनताको पुर्ण साथ र समर्थन पाएको बताए ।

नेपालगन्ज उपमहानगरपालिकासँग जोडिएको पालिका भए पनि जानकी गाँउपालिका सोचे अनुसारको विकास हुन नसकेकाले यहाँका आवश्यक विकासमा पहलकदमी लिने बताए । अबको ५ वर्ष जनताका समस्यालाई सम्बोधन गर्ने उनको प्रतिवद्धता छ ।

उपाध्यक्ष पदका उम्मेदवार यादवले महिलाहरुको समस्या सम्बोधन गर्नका लागि प्रतिवद्ध रहेको बताएका छन् । भेटघाटका क्रममा वडा नम्बर ३ का वासीले नेपाली कांग्रेसलाई समर्थन गर्ने बताएका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार १५:३५