नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) को संयुक्त गठबन्धनको संयुक्त प्रतिवद्धता पत्र सार्वजनिक गरीएको छ ।
बैशाख ३० गते हुन गईरहेको स्थानिय तह निर्वाचनकालागि कोहलपुरमा चुनावी तालमेल गरेको गठबन्धनले ७७ बुँदासहितको प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो ।
कोहलपुरमा संयुक्त गठबन्धनबाट मेयरमा नरेन्द्र न्यौपाने र उपमेयर पदमा नारायणी वलीसहित १५ वटै वडाका अध्यक्ष तथा सदस्यहरु समेत गरी ७७ जनाले उम्मेदवारी दिएका छन । ७७ वटा उम्मेदवारकै प्रतिनिधित्व हुनेगरी गठबन्धनले ७७ बुँदे प्रतिवद्धता पत्र सार्जजनिक गरेको हो ।
समानतामा आधारित न्यायपूर्ण समाज निर्माणकालागि लोककल्याणकारी स्थानिय सरकार निर्माण सङ्कल्पसहित गठबन्धनले प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो ।
प्रतिवद्धता पत्रमा शुसासन, स्वास्थ्य, शिक्षा, रोजगार, कृषि, पुर्वाधार विकास, फोहोरमैला व्यवस्थापन, उद्योग कलकारखाना, युवा, खेलकुद, संस्कृती, पर्यटन, शान्ति शुरक्षा, दुर्घटना न्युनिकरण, संघसंस्था ब्यवस्थापन, संचार बजार ब्यवस्थापन तथा शैन्दर्यकरण शिर्षकमा ७७ वटा प्रतिवद्धता ब्यक्त गरीएको छ ।







सत्यपाटी । बाँके ।