युक्रेनको मरियुपोलमा फसेका १ सय जनालाई महिनौपछि उद्धार गरिएको छ ।
संयुक्त राष्ट्रसंघका अनुसार राजधानी मारियुपोलबाट १ सय जना युक्रेनी नागरिकको उद्धार गरिएको हो । रुसी सेनाको घेराबन्दीमा परेको उक्त शहरमा फसेका युक्रेनी नागरिकको युक्रेनी सेनाले रेडक्रसको सहायतामा उद्धार गरेकाे हो ।
सो शहरमा स्टील कारखानामा फसेका २० जना नागरिक भाग्न सफल भएका थिए । बाँकीको केही घण्टापछि उद्धार गरिएको हो ।
उद्धार गरिएकालाई युक्रेन नियन्त्रित शहर जापोरिजियामा लगिएको छ । यसैबीच उद्धार गरिएकाहरूले महिनौंदेखि बालबालिकासहित आफूहरु फसेको यद्दपी अन्तमा उद्धार गरिएको भन्दै खुशी व्यक्त गरेका छन।
रुसी सेनाको कब्जामा गएको मारियुपोल शहरमा मात्रै युक्रेनी सेना र सर्वसाधारण गरी १ लाख जना फसेकोमा १ हजार जना सर्वसाधारण स्टील कारखानमा फसेको बताइएको छ ।
रुसी सेनाले सो शहरमा चारैतिरबाट बख्तरबन्द गाडीहरू तैनाथ गर्नुका साथै सर्वसाधारण र युक्रेनी सेनालाई चारैतिरबाट घेराबन्दीमा पारेको छ ।
यसबीच युक्रेनका राष्ट्रपति भोलिदिमीर जेलेन्स्कीले युक्रेनी सेनाको प्रशंसा गर्दै मारियुपोल शहरबाट उद्धार गरिएका नागरिकलाई चाँडै नै भेट्ने समेत बताएका छन ।
सत्यपाटी । काठमाडौँ ।