सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानुमान : तीन दिन वर्षाको सम्भावना

कम्तीमा तीन दिन देशभरजसो वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार अहिले (सोमरबा बिहान) पनि काठमाडौंसहित बागमती प्रदेश, प्रदेश १ र मधेश प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भेगका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथर भूभागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव संयुक्त प्रभावले कम्तीमा पर्सिसम्म वर्षाको सम्भावना देखिएको मौसमविद् मानन्धरले बताइन् । ‘भोलि र पर्सि पनि वर्षाको सम्भावना छ, मध्यमसम्म,’ उनले भनिन् । महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ ।

जसमा भनिएको छ, प्रदेश १, मधेश प्रदेश र गण्डकी प्रदेशका केही स्थान र बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ । मौसम महाशाखाले सोमबार बिहान ६ बजे जारी गरेको बुलेटिन अनुसार तीन दिन वर्षाको सम्भावना यस्तो छ,

वैशाख १९ गते सोमबार

दिउँसो – प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश ,गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा सामान्य बदली रहि कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलि रहनेछ । प्रदेश १, मधेश प्रदेश र गण्डकी प्रदेशका केही स्थान र बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राति – प्रदेश १, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहने छ । गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा कर्णाली र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

वैशाख २० गते मंगलबार

दिउँसो – प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशको अन्य भूभागमा मौसम सामान्यता सफा रहनेछ । प्रदेश १, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

राति – देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भूभागमा आंशिक बदली रहने छ । लुम्बिनी प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा प्रदेश १ र बागमती प्रदेशको पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

वैशाख २१ गते बुधबार

दिउँसो – देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशको अन्य भूभागमा मौसम सामान्यता सफा रहनेछ । देशको पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

राति – देशको पहाडी भूभागमा आंशिक बदली रही देशका अन्य भूभागमा आंशिक बदली रहने छ । प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार ०८:१०