सूचनाको शक्ति - The Power Of Information

        

खजुरा २ मा कांग्रेस–माओवादी घरदैलोमा गठबन्धन

नेपाली कांग्रेस–नेकपा माओवादी केन्द्रको संयुक्त वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले खजुरा गाउँपालिकाको वडा नं.२ मा घरदैलो सुरुवात गरेका छन् । आइतबार विहान खजुरा गाउँपालिका २ सि–गाउँबाट घरदैलो अभियानको सुरुवात गरिएको छ ।

घरदैलो अभियानमा खजुरा गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार डम्बर विक तुफान, उपाध्यक्ष मञ्जु मल्ल, २ नं. वडाध्यक्ष धनराम ओली, वडा सदस्यहरु छवि विष्ट, वबिलाल सेन्चुरी (सुनार), प्रभा विक र मैसरी पुन सहितको टोलीले अभियानको सुरुवात गरेको हो ।

घरदैलो अभियानमा नेपाली कांग्रेस, माओवादीका नेता तथा कार्यकर्ता, शुभचिन्तक, स्थानीयहरुहको उत्साहजनक सहभागिता रहेको थियो । घरदैलो अभियानमा गठबन्धनका उम्मेदवारले जनताका समस्या टिपोट गर्दै खजुराका जनताको आयस्तरलाई बढाउन आफूहरुले काम गर्ने प्रतिवद्धता जनाएका थिए ।

खजुरा गाउँपालिकामा कांग्रेस र माओवादी गठबन्धन गरेर चुनावी प्रतिस्पर्धामा होमिएका छन् । खजुरामा नेपाली कांग्रेस र माओवादीले ८ वडामध्ये ४ वडामा गठबन्धन गरेको छ । वडा नं. १ र ३ मा कांग्रेसले वडाध्यक्ष तथा २ र ४ नम्बर वडामा माओवादीका उम्मेदवारले वडा अध्यक्ष पाएका छन् । अन्य ४ वडामा भने एकल प्रतिस्पर्धा छ ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतवार १७:१९