सूचनाको शक्ति - The Power Of Information

        

डुडुवामा नेपाली कांग्रेसका उम्मेदवारहरु घरदैलोमा

डुडुवा गाउँपालिकाका नेपाली कांग्रेसका उम्मेदवारहरु घरदैलोमा पुगिरहेका छन् । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरु भोट माग्न घरदैलोमा पुगिरहेका हुन् ।

अध्यक्ष पदका उम्मेदवार नरेन्द्रकुमार चौधरी र उपाध्यक्ष पदका उम्मेदवार शाहिदा बानोसहित वडाध्यक्ष र सदस्य पदका उम्मेदवारहरु घरदैलोमा पुगिरहेका छन् । घरदैलामा पुग्दा स्थानीय नागरिकहरुबाट पाएको सकारात्मक प्रतिक्रियाबाट आफूहरु उत्साहित भएको अध्यक्षका उम्मेदवार चौधरीले बताए ।

‘मैले पाँच बर्ष मन, बचन र कर्मका साथ यहाँका जनताको सेवा गरेको छु, सुखदुःखमा संगसंगै छु, अझै पाँच बर्ष केही अधूरा काम गर्ने मनसायका साथ चुनावी मैदानमा होमिएको छु, मलाई शतप्रतिशत विश्सास छ, जनताबाट म फेरि अनुमोदन हुन्छु,’ निवर्तमान अध्यक्ष समेत रहेका चौधरीले भने । चौधरी नेतृत्वको टोलीले आज वडा नं. ६ हिरमिनियाका विभिन्न गाउँ तथा टोलहरुमा घरदैलो गरेको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतवार १६:५१