सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा गठबन्धनलाई स्वयंसेविकाको भोट

नेपालगन्जका महिला स्वास्थ्य स्वयंसेविकाहरुले काँग्रेस र जसपाबीचको गठबन्धनबाट नेपालगन्ज उपमहानगरपालिकामा नगर प्रमुख र उपप्रमुखलाई सहयोगको प्रतिबद्धता जनाएका छन् ।

नेपालगन्जमा आयोजित महिला स्वास्थ्य स्वयंसेविकासँगको अन्तरक्रियामा उनीहरुले नगर प्रमुख पदका उम्मेदवार प्रशान्त विष्ट र उपप्रमुख पदका उम्मेदवार कमरुद्दिन राइलाई सहयोगको प्रतिबद्धता जनाएका हुन् ।

महिला स्वास्थ्य स्वयंसेविकाहरुले आफुहरुले झेल्दै आएका समस्या समेत उम्मेदवारहरु माझ राखेका थिए । नगर प्रमुखका उम्मेदवार प्रशान्त विष्टले महिला स्वास्थ्य स्वयंसेविकाहरुले घरघरमा पुगेर स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको उच्च सम्मान गरे ।

उनले महिला स्वास्थ्य स्वयंसेविकाहरुका समस्याप्रति आफु गम्भीर रहेको भन्दै विजयी भए ती समस्यालाई सम्वोधन गरिने बताउँदै निर्वाचित भए महिला स्वास्थ्य स्वयंसेविकाहरुको समस्या समाधानको प्रतिबद्धता जनाए ।

यस्तै उपप्रमुखका उम्मेदवार कमरुद्दिन राइले स्वास्थ्य सेवाको पहुँचलाई विस्तार गर्न र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिरहेका स्वयंसेविकाहरुको सेवा सुविधालाई बढाउनुको विकल्प नभएको बताए ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतवार १६:४६