सरकारले धीरजप्रताप सिंहलाई नेपाल प्रहरीको आइजीपी नियुक्त गरेपछि संगठनमा असन्तृष्टि देखिएको छ ।
एकै ब्याच भए पनि आफूभन्दा जुनियरलाई आइजीपी बनाइएको भन्दै एआइजीद्वय विश्वराज पोखरेल र सहकुल थापाले अदालत जाने तयारी गरेका हुन् ।
पोखरेल सिंहभन्दा १६ महिनाअघि र थापा ११ महिनाअघि एआईजी बनेका थिए । आफूहरू सिनियर हुँदाहुँदै जुनियरलाई आइजीपी बनाइएको भन्दै कानुनी लडाइँ लड्ने उनीहरूले बताए ।
एक एआईजीले भने, ‘सरकारले न्याय गरेन । सर्वोच्च अदालतबाट न्यायको विश्वास गरेका छौँ । अदालत खुलेको दिन रिट दायर गर्छौँ ।’
सत्यपाटी । काठमाडौं ।