सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तह निर्वाचन २०७९

बझाङमा मतदाता शिक्षा सञ्चालन नहुँदा मतदाता अन्योलमा

१३१८ जनाको उम्मेदवारी परेकोमा ११४ जनाले उम्मेदारी फिर्ता लिएपछि ११९३ जनाले विभिन्न पदमा भिड्ने भएका छन् ।

स्थानीय तहको निर्वाचन नजिकिंदै गर्दा पनि बझाङमा मतदाता शिक्षा सञ्चालन हुन नसक्दा यो पटक कसरी मतदान गर्ने भन्ने विषयमा मतदाताहरु अलमलमा परेका छन् । मतदाता शिक्षाको अभावमा कसरी मतदान गर्ने भन्ने विषयमा मतदाताहरु अलमलमा परेका हुन् ।

जयपृथ्वी नगरपालिका–१ का रामजङ्ग सिंहले आसन्न स्थानीय तहको निर्वाचनमा कसरी मतदान गर्ने भन्नेबारे आफू अनभिज्ञ रहेको बताए । जिल्लामा मतदाता शिक्षा सञ्चालन नहुँदा आफु जस्ता धेरै मतदाता अन्योलमा परेको उनको भनाइ छ ।

स्थानीय तहको चुनावमा मतदान गर्नका लागि ठूलो मतपत्र भएकाले पनि मतदातालाई अन्योल हुन सक्ने जानकारहरु बताउँछन् । मतदाता शिक्षा सञ्चालन नहुँदा मत बदर हुने सम्भावना बढ्ने उनीहरु बताउँछन् ।

निर्वाचन आयोगले मतदाता शिक्षाको कार्यक्रम अहिले सञ्चालन नगरेको जिल्ला निर्वाचन कार्यालय बझाङका निर्वाचन अधिकारी विमलप्रसाद गौतमले बताए । यस्तै दलहरुले चुनावी गठबन्धन गरेकाले पनि बदर मतको संख्या बढ्न सक्ने आकलन गरिएको छ । बझाङमा १ लाख २२ हजार १३७ मतदाता रहेका छन् ।

जिल्लाभर १३१८ जनाको उम्मेदवारी दर्ता

बझाङ जिल्लाभर प्रमुखमा एक महिलासहित ८ जना, उपप्रमुखमा १० जना, अध्यक्षमा ४४ जना, उपाध्यक्षमा ३२ जना, वडाध्यक्षमा ३१७ जना, सदस्यमा ४७८ जना, महिला सदस्यामा २२८ जना र दलित महिला सदस्यमा २०१ जनाको मनोनयन दर्ता गरी निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट गरीएको बताए ।

जसमा जयपृथ्वी नगरपालिकामा नगरप्रमुख, उपप्रमुख, वडाअध्यक्ष, दलित महिला सदस्य, खुल्ला सदस्य, महिला सदस्य गरी १५६ जना बुंगल नगरपालिकामा १८९ जना, तलको गाउँपालिकामा ८५ जना, मष्टामा ९१ जना साइपालमा ५४ जना र सुर्मामा ५५ जनाले उम्मेदवारी दिएका थिए ।

त्यस्तै दुर्गाथलीमा १०७ जना, खप्तडछान्नामा १०५ जना, छविसपाथिभेरामा १०२ जना, केदारस्युँमा १२१ जना, वित्थडचिरमा १४० जना र थलारा गाउँपालिकामा ११३ जनाले ले उम्मेदवारी दिएका थिए । बझाङका सबै स्थानीयत तहमा जम्मा १ हजार ३१८ जनाले उम्म्ोदवारी दर्ता गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

११४ जनाले लिए उम्मेदारी फिर्ता

बझाङमा १६ गतेसम्म उम्मेदवारी फिर्ताको समय राखेको जिल्ला निर्वाचन कार्यालयले १६ गते बेलुका ५ बजे सम्म जयपृथ्वी नगरपालिकाका नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष समेत गरी १६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

त्यस्तै बुंगल नगरपालिकामा नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष समेत गरी २३ जनाले, तलकोट गाउँपालिकामा उपाध्यक्ष, महिला सदस्य, वडा सदस्य गरी ३ जनाले, मष्टामा गाउँपालिका अध्यक्ष, वडाध्यक्ष, वडा सदस्य गरी ८ जनाले, वित्थडचिरमा वडाध्यक्ष, महिला सदस्य र वडा सदस्य गरी ४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

त्यस्तै थलारामा उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य गरी १२ जनाले, दुर्गाथलीमा उपाध्यक्ष, वडाध्यक्ष, वडा सदस्य गरी ९ जनाले, सुर्मामा अध्यक्ष, उपाध्यक्ष, वडा सदस्य गरी ५ जनाले, छविसपाथिभेरामा उपाध्यक्ष, वडाध्यक्ष, वडा सदस्य गरी १२ जनाले, खप्तडछान्नामा वडाध्यक्ष, दलित महिला सदस्य, सदस्य गरी १८ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

त्यसैगरी, केदारस्युँमा अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष गरी ३ जनाले र साइपाल गाउँपालिकामा गाउपालिकाका अध्यक्षका उम्मेदवार १ जना गरी जिल्ला १२ वटै पालिकाबाट ११४ जनाले उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालय बझाङका प्रमुख विमल प्रसाद गौतमले बताए ।

११९३ जना प्रतिश्पर्धामा

बझाङमा १३१८ जनाको उम्मेदवारी परेकोमा ११४ जनाले उम्मेदारी फिर्ता लिएपछि ११९३ जनाले विभिन्न पदमा भिड्ने भएका छन् । उम्मेदवारी फिर्तापछि बझाङमा पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, महिला वडा सदस्य, दलित महिला वडा सदस्य र वडा सदस्य खुल्लामा गरी १ हजार १९३ जनाको उम्मेदवारी रहेको छ ।

जयपृथ्वी नगरपालिकाको प्रमुखमा ३ जना, उपप्रमुखमा २ जना, वडाध्यक्षमा ३५ जना, महिला वडा सदस्यमा २७ जना, दलित महिला वडा सदस्यमा १८ जना, वडा सदस्य खुल्लामा ५५ जना गरी १४० जनाको उम्म्ेदवारी दर्ता भएको छ ।

बुंगल नगरपालिकामा प्रमुखमा ३ जना, उपप्रमुखमा ३ जना, वडाध्यक्षमा ३६ जना, महिला वडा सदस्यमा ३० जना, दलित महिला वडा सदस्यमा ३१ जना, खुला वडा सदस्यमा ६१ जना गरी १६४ जनाको उम्मेदवारी दर्ता भएको छ ।

साइपाल गाउँपालिकामा अध्यक्षमा ४ जना, उपाध्यक्षमा २ जना, वडाध्यक्षमा १० जना, महिला वडा सदस्यमा १० जना, दलित महिला वडा सदस्यमा ६ जना, खुला वडा सदस्यमा २० जना गरी ५२ जनाको उम्मेदवारी दर्ता रहेको छ ।

तलकोट गाउँपालिकामा अध्यक्षमा ५ जना, उपाध्यक्षमा ३ जना, वडाध्यक्षमा १६ जना, महिला वडा सदस्यमा १४ जना, दलित महिला वडा सदस्यमा १४ जना, वडा सदस्य खुलामा २८ जना गरी ८० जनाको उम्मेदवारी रहेको छ ।

मष्टा गाउँपालिकामा अध्यक्षमा ३ जना, उपाध्यक्षमा २ जना, वडाध्यक्षमा १७ जना, महिला वडा सदस्यमा १५ जना, दलित महिला वडा सदस्यमा १४ जना, खुला वडा सदस्यमा २८ जना गरी ७९ जना जनाको उम्मेदवारी रहेको छ ।

सुर्मा गाउँपालिकामा अध्यक्षमा २ जना, उपाध्यक्ष २ जना, वडाध्यक्षमा १० जना, महिला वडा सदस्यमा १० जना, दलित महिला वडा सदस्यमा ६ जना, वडा सदस्य खुल्लामा २० जना गरी ५० जनाको उम्मेदवारी रहेको छ ।

छविसपाथिभेरा गाउँपालिकामा अध्यक्षमा ५ जना, उपाध्यक्षमा ३ जना, वडाध्यक्षमा १९ जना, महिला वडा सदस्यमा १७ जना, दलित महिला वडा सदस्यमा १२ जना, वडा सदस्य खुलामा ३४ जना गरी ९० जनाको उम्मेदवारी रहेको छ ।

दुर्गाथली गाउँपालिकामा अध्यक्षमा ५ जना, उपाध्यक्षमा २ जना, वडाध्यक्षमा २४ जना, महिला वडा सदस्यमा १८ जना, दलित महिला वडा सदस्यमा १५ जना, खुला वडा सदस्यमा ३७ जना गरी १०१ जनाको उम्मेदवारी रहेको छ ।

खप्तडछान्ना गाउँपालिकामा अध्यक्षमा ४ जना, उपाध्यक्षमा ३ जना, वडाध्यक्षमा २२ जना, महिला वडा सदस्यमा १७ जना, दलित महिला वडा सदस्यमा १९ जना, वडा सदस्य खुलामा ३७ जना गरी १०२ जनाको उम्मेदवारी रहेको छ ।

केदारस्युँ गाउँपालिकामा अध्यक्षमा २ जना, उपाध्यक्षमा २ जना, वडाध्यक्ष ३२ जना, महिला वडा सदस्य १८ जना, दलित महिला सदस्य १८ जना, खुल्ला वडा सदस्यमा ४० जना गरी ११२ जना जनाको उम्मेदवारी रहेको छ ।

वित्थडचिर गाउँपालिकामा अध्यक्षमा ४ जना, ३ जना उपाध्यक्ष, २९ वडाध्यक्ष, २५ जना महिला वडा सदस्य, २४ जना दलित महिला वडा सदस्य र खुला वडा सदस्यमा ५२ जना गरी १३७ जनाको उम्मेदवारी रहेको छ ।

बझाङ जिल्लाभर प्रमुखमा ६ जना, उपप्रमुखमा ५ जना, अध्यक्षमा ३८ जना, उपाध्यक्षमा २४ जना, वडाध्यक्षमा २६९ जना, महिला वडा सदस्यमा २१५ जना, दलित महिला वडा सदस्यमा १९३ जना, वडा सदस्य खुलामा ४४३ गरी ११९३ जनाको उम्मेदवारी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतवार १६:०५