सूचनाको शक्ति - The Power Of Information

        

नाबालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीमा उजुरी

पाँच वर्षीया नाबालिकालाई बलात्कार गरेको आरोपमा छविसपाथिभेरा गाउँपालिकाका २२ वर्षीय एक युवकविरूद्ध जिल्ला प्रहरी कार्यालय बझाङमा बैशाख १७ गते उजुरी दर्ता गरिएको छ ।

पीडित नाबालिकालाई आरोपितले मामा घरमा विवाह हेर्न गएको बेला विवाह भएको स्थानबाट ५०० मिटर टाढा रहेको छानामा लिएर २०७९ बैशाख १६ गते बलात्कार गरेको पीडितपक्षको तर्फबाट दर्ता गराइएको उजुरीमा उल्लेख गरिएको छ ।

बुवासंग विवाह हेर्न मामा घर गएकी नाबालिकालाई चक्लेट किनिदिने भनेर आरोपितले लगेपछि साँझ नाबालिका घर फर्केको र विहान हेर्दा पीडित नाबालिकाको लुगामा रगत लतपतिएको देखेपछि आफुले के भएको हो भनेर सोध्दा नाबालिकाले सबै कुरा बताएको पीडित नाबालिकाका बुवाले बताए ।

बालिकाको बैशाख १७ गते जिल्ला अस्पताल सिमखेतमा स्वास्थ्य परिक्षण गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका इन्स्पेक्टर रमेश अवस्थीले बताए । मामा घरमा विवाह हेर्न गएकी नाबालिकासहित उनका अविभावकले बैशाख १७ गते प्रहरीमा उजुरी दर्ता गरेका छन् । आरोपित सोहि दिनबाट फरार रहेको र उनको भइरहेको इन्स्पेक्टर अवस्थीले बताए ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतवार १५:४८