राप्रपा नेपालका अध्यक्ष कमल थापाले धर्म, संस्कृति र परम्पराको रक्षा गर्दा देश विकास हुने बताएका छन्।
अध्यक्ष थापाले सामाजिक सञ्जालमार्फत् यस्ताे बताएका हुन्। समृद्ध नेपाल निर्माण गर्न धर्म, संस्कृति र परम्पराकाे रक्षा गर्नुपर्ने उनको दाबी छ।
देश विकासको यही उपयुक्त बाटो भन्ने मान्यता बोकेर बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने अभियानमा लागिएको पनि अध्यक्ष थापाले बताए ।
थापाले ट्विटरमा लेखेका छन्, ‘सनातन धर्म संस्कृति र परम्परा रक्षा गरेर मात्र देश विकास गर्न सकिन्छ,समृद्ध नेपाल निर्माण गर्न सकिन्छ र त्यही उपयुक्त बाटो हो भन्ने मान्यता बोकेर हामी बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने अभियानमा लागेका छौँ। यो अभियान ‘म्याराथन दौड’जस्तै हो। धैर्यता चाहिन्छ,सफलता निश्चित छ।’
थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशनमा अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि पूर्वराजा ज्ञानेन्द्रसँग असन्तुष्टि जनाउँदै अलग भएर राप्रपा नेपालमा पुगेका हुन्।
सत्यपाटी । काठमाडौँ ।