सूचनाको शक्ति - The Power Of Information

        

निर्वाचन आयोगको भिडियोमा टिकटक बनाउनोस्, ५० हजार जित्नोस् !

निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनको सन्देशमूलक भिडियो प्रचार गर्नेसम्बन्धी प्रतियोगिता आयोजना गरेको छ । एक सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराइएको हो ।

प्रतियोगिताअन्तर्गत आयोगले तयार पारेका सन्देशमूलक भिडियोहरूलाई टिकटक बनाई सामाजिक सञ्जालमा पोस्ट गर्नुपर्नेछ । यस्तै, पहिलेकै स्वरूपमा पनि सामाजिक सञ्जालमा पोस्ट गर्न सकिनेछ ।

आयोगले तयार पारेका भिडियोहरू आयोगका सामाजिक सञ्जालमा अपलोड गरिएको छ । त्यसरी पोस्ट/सेयर गरेर बीस  लाखभन्दा बढी भ्युएर पुर्‍याउने व्यक्ति वा संस्थाले पुरस्कार जित्नेछन् ।

५० लाख वा त्योभन्दा बढी भ्युएर पुर्‍याउनेले ५० हजार, ३० लाख वा त्योभन्दा बढी भ्युएर पुर्‍याउनेले ३० हजार र २० लाख वा त्योभन्दा बढी भ्युएर पुर्‍याउनेले २० हजार रुपैयाँ पुरस्कार जित्ने आयोगले जनाएको छ ।

त्यस्ता भिडियो यही वैशाख २९ गतेभित्र सामाजिक सञ्जालमा पोस्ट/सेयर गरिसक्नुपर्नेछ ।

सूचना पढ्नोस्-

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतवार ०८:१०