सूचनाको शक्ति - The Power Of Information

        

बुद्ध एयरको जहाजको टायर पड्कियो, यात्रु भने सुरक्षित

रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरको जहाजको टायर पड्किएको छ । जसले गर्दा उडान र अवतरण रोकिएको छ ।

भैरहवाबाट काठमाडौंका लागि उड्न लागेको जहाज धावन मार्गमा गुड्ने क्रममा टायर पड्किएको हो । उडान गर्न लाग्दा जहाजको अगाडिको टायर पड्किएको हो ।

जहाज र त्यसमा रहेका यात्रु भने सुरक्षित छन् । जहाजमा ७२ जना यात्रु थिए । यात्रुलाई अब अर्को विमानबाट काठमाडौं ल्याउन लागिएको छ भने टायर पड्केको जहाजको चेकजाँच भइरहेको छ ।

टायर पड्किएपछि अपराह्नसम्म अरु उडान अवरुद्ध भएको थियो । अहिले अरु उडान सञ्चालन भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले बताए ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार १६:२९