सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तहको निर्वाचन २०७९

साढे १२ हजार बढी स्वतन्त्र उम्मेदवार

स्थानीय तहको निर्वाचनमा १२ हजार ७८९ स्वतन्त्र उम्मेदवार रहेका निर्वाचन आयोगले जनाएको छ । तीमध्ये १० हजार ८४५ पुरुष र १ हजार ९४४ जना महिलाले स्वतन्त्र उम्मेदवारका रुपमा मनोनयन दर्ता गराएका हुन् ।

स्वतन्त्रबाट प्रमुख पदमा १ हजार ४००, अध्यक्षमा १ हजार ३५, उपप्रमुखमा ३९८, उपाध्यक्षमा ३६७, वडाध्यक्षमा ५ हजार ९२०, महिला सदस्यमा ७६४, दलित महिला सदस्यमा ४७६ र सदस्यमा २ हजार ४२९ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

आयोगका अनुसार १८३ जना मतदाता रहेका तेस्रोलिंगी समूहबाट नेतृत्वको लागि कतै पनि मनोनयन दर्ता भएको छैन । नेपाल कम्युनिष्ट पार्टी एमालेका तर्फबाट ३३ हजार ५३ जनाले मनोनयन दर्ता गरेका छन् ।

आयोगका अनुसार एमालेका तर्फबाट प्रमुखमा २९१, अध्यक्षमा ४४७, उपप्रमुखमा २८६, उपाध्यक्षमा ४४५, वडाध्यक्षमा ६ हजार ५२३, महिला सदस्यमा ६ हजार ४११, दलित महिला सदस्यमा ६ हजार २०९ र सदस्यमा १२ हजार ८९१ जनाको उम्मेदवारी परेको छ ।

कुल उम्मेदवारमध्ये १९ हजार ४९९ जना पुरुष र १४ हजार ४ जना महिला रहेका छन् । यसैगरी नेपाली कांग्रेसको तर्फबाट ३१ हजार ४२५ जनाले मनोनयन दर्ता गराएका छन् । तीमध्ये १२ हजार १४५ जना पुरुष र १२ हजार ८८२ जना महिला रहेको आयोगले जनाएको छ ।

कांग्रेसबाट २६५ जना प्रमुखमा, अध्यक्षमा ३८१ जना, उपप्रमुखमा २१२ जना, उपाध्यक्षमा ३६० जना, वडाध्यक्षमा ६ हजार १४२ जना, महिला सदस्यमा ६ हजार ९२ जना र दलित महिला सदस्यमा ५ हजार ८२८ जनाको उम्मेदवारी परेको छ ।

यसैगरी नेकपा माओवादी केन्द्रका तर्फबाट १३ हजार ३०२ जना पुरुष र ८ हजार ९७७ जना महिला उम्मेदवार गरी २२ हजार २७९ जनाले मनोनयन दर्ता गराएका छन् । नेकपा एकीकृत समाजवादीबाट ११ हजार ३३० जनाले मनोनयन दर्ता गराएका छन् । तीमध्ये ७ हजार ६३ जना पुरुष र ४ हजार २६७ जना महिला उम्मेदवार रहेको आयोगले जनाएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार १६:१६