सूचनाको शक्ति - The Power Of Information

        

चुनाव चिह्न : काठमाडौंका बालेनलाई ‘लौरो’, धनगढीका हमाललाई ‘आँप’

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र शाह (बालेन)ले चुनाव चिह्न लौरो पाएका छन् ।

आसन्न वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले बालेनलाई लौरो चुनाव चिह्न दिएको हो ।

यस्तै आयोगले धनगढी उपमहानगरपालिकाबाट मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका गोपाल हमाललाई आप चुनाव चिह्न दिएको छ ।

निर्वाचन आयोगले शनिबार देशभरका विभिन्न स्वतन्त्र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने क्रममा हमालले आँप चुनाव चिह्न पाएका हुन् ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार १२:५८