सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तह निर्वाचन २०७९

चुनावी मैदानमा ‘काका–भतिज’, मतदाताको रोजाइँमा ‘भतिज’

सहोदर काका भतिज चुनावी मैदानमा उत्रिएपछि मतदाताहरु भतिजको पक्षमा देखिएका छन् ।

घरदैलो अभियानका क्रममा मतदाताहरुसँग मत माग्दै नेपालगन्ज उपमहानगरपालिका–८ का वडाध्यक्षका उम्मेदवार सफिक सिद्दिकी (गुड्डु) ।

बाँकेको नेपालगन्जमा अहिले चुनावी माहोल रापिलो र तापिलो बन्दै गएको छ । कसलाई मत हाल्ने भन्ने बारेमा अहिले स्थानीय मतदाताहरु छलफल गरिरहन्छन् । दलहरू पनि आफ्नो उम्मेदवारले जित्छन् कि जित्दैनन् भन्ने अंकगणित गरिरहेका छन् ।

उम्मेदवारहरु जसरी पनि आफु जित्ने दाउमा छन् । निर्वाचन नजिकिँएसँगै मतदाताहरुले घरदैलो अभियानलाई आक्रामक बनाउँदै गएका छन् । यता नेपालगन्ज उपमहानगरपालिका–८ मा भने सफिक सिद्दिकी (गुड्डु) वडाध्यक्षको उम्मेदवार बनेपछि उनको चर्चा चुलिएको छ ।

वडाबासीको दुखसुखमा साथ दिँदै आएका गुड्डु र उनका काका निजामुद्दीन सिद्दिकी (मुन्ना) एकसाथ चुनावी मैदानमा उत्रिएपछि गुड्डुको चर्चा चुलिएको हो । अवको वडाध्यक्षका रुपमा गुड्डुको विकल्प नभएको भन्दै मतदाताहरु गुड्डुको पक्षमा होमिएका छन् ।

नेपालगन्ज–८ का मतदाताहरु भन्छन्, ‘नाताले हाम्रो मान्छेलाई होइन, राम्रो मान्छेलाई नेतृत्वमा ल्याउनुपर्छ । नागरिकका दुखसुखमा साथ दिने नेतृत्व नागरिकले चाहेकोले युवाको पक्षमा माहोल बढेको छ । त्यसैले यहाँ गुड्डुको विकल्प छैन ।’

विकास निर्माणमा चासो राख्ने र नागरिकका दुखसुखमा साथ दिने व्यक्तिलाई रोज्दा गुड्डु नै अबको वडाध्यक्ष बन्ने मतदाताहरुको भनाई छ । नेपालगन्ज उपमहानगरपालिका–८ मा सहोदर काका भतिज चुनावी मैदानमा उत्रिएपछि मतदाताहरु भतिजको पक्षमा देखिएका छन् ।

नेपालगन्ज उपमहानगरपालिका–८ को वडाध्यक्षमा काका निजामुद्दीन सिद्दिकी (मुन्ना) र भतिज सफिक सिद्दिकी (गुड्डु) उम्मेदवार बनेका छन् । काका मुन्ना नेपाली कांग्रेसबाट र भतिज गुड्डु जसपाबाट उम्मेदवार बनेका छन् । वैशाख १२ गते उम्मेदवारी दिएसँगै काका–भतिजा चुनावी प्रचारप्रसारमा जुटेका छन् ।

दुई जना फरक पार्टीबाट उम्मेदवार बनेपछि आफन्त तथा स्थानीयहरू भने भतिजको पक्षमा देखिएका छन् । लामो समयदेखि कांँग्रेसमा रहेर राजनीति गर्दै आएका मुन्नालाई वडाबासीले खासै रुचाउँदैनन् । लामो समयदेखि राजनीति गर्दै आए पनि वडाबासीका लागि सम्झिनलायक कुनै काम गर्न नसकेको भन्दै मतदाताहरु मुन्नाको विपक्षमा देखिएका छन् ।

२०७४ को चुनावमा सुरेन्द्र गुप्ता (वैश्य)सँग पराजित भएका मुन्ना पटक–पटक निर्वाचन लडे पनि वडाको विकास र वडाबासीको मन जित्न नसक्दा यस पटक पनि हार व्यहोर्ने निश्चित जस्तै रहेको वडाबासीहरु बताउँछन् । अहिले काका मुन्नाभन्दा मतदाताको रोजाइँमा भतिज गुड्डु परेका छन् ।

युवा र समाजिक रुपमा वडाबासीको मन जितेका गुड्डुलाई निर्वाचनमा जिताउने पक्षमा मतदाताहरु लागिपरेका छन् । वडाध्यक्षका उम्मेदवार गुड्डु भन्छन्, ‘वडाबासी मेरो पक्षमा हुनुहुन्छ, म सहजै निर्वाचन जित्छु ।’ काका भतिज जना अलग–अलग पार्टीमा भएकाले प्रतिस्पर्धा स्वाभाविक भएको दुबैको भनाई छ ।

गुड्डु भन्छन्, ‘हामी फरक आस्था, विचार र पार्टीमा छौं । निर्वाचनमा हारजित त होला, तर हामी दुईको माया, प्रेम पहिले जत्तिकै गाढा छ ।’ कार्यकर्ता, परिवारजन र इष्टमित्रको मत आफूले पाउने काका–भतिजकै दावी छ । ‘राजनीतिमा घरका सदस्य एउटै पार्टीमा लाग्नुपर्छ भन्ने हुँदैन । यो राजनीतिक प्रतिस्पर्धा हो, पारिवारिकरुपमा हामी एक छौं,’ गुड्डुले भने ।

उता, मुन्नाले काका भतिजको प्रतिस्पर्धा स्वाभाविक भएको बताउँदै भन्छन्, ‘हामी दुवै आ–आफ्नो पार्टीका नीति, कार्यक्रम, योजना लिएर जनतामा जान्छौं । जनताले जसलाई मन पराउँछन्, उसलाई भोट हाल्छन् ।’ गुड्डुले भने, ‘अहिले गठबन्धन भएकाले पनि चाचाभन्दा म बलियो छु । यसपटक वडाबासीले मलाई सेवा गर्ने मौका दिनुहुन्छ ।’

उनलाई पनि दुवै जना फरक फरक पदमा उठेको भए हुन्थ्यो भन्ने लागेको भए पनि वडाबासीले युवा उम्मेदवार गुड्डुलाई नै रोज्ने दाउमा छन् । मतदाताहरु भन्छन्, ‘गुड्डु समाजसेवी र युवा पनि हुनुहुन्छ, उहाँसँग केही गर्नुपर्छ भन्ने सोंच छ । त्यसैले पनि अबको वडाध्यक्ष यहाँ नै हो ।’ यतिखेर दुबै जना घरदैलोमा व्यस्त रहेका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार १५:३७