बर्दियाको बढैयाताल गाउँपालिकामा अहिले चुनावी चहल पहल बढेको छ । गाउँमा कसलाई मत हाल्ने भन्ने बारेमा अहिले स्थानीय मतदाताहरु छलफल गरिरहन्छन् । दलहरू आफ्नो उम्मेदवारले जित्छन् कि जित्दैनन् भन्ने अंकगणित गरिरहेका छन् ।
उम्मेदवारहरु जसरी पनि जीत निकाल्ने दाउमा छन् । अघिल्ला चुुनावहरूमा हाम्रालाई जिताउनु पर्छ र उम्मेदवार बनाउनुपर्छ भन्ने मतदाताहरू अहिले आफ्नालाई होइन राम्रा र केही गर्न सक्ने खालको नेतृत्व ल्याउनुपर्छ भन्नेमा केन्द्रित देखिएका छन् ।
नेकपा एकीकृत समाजवादीका तर्फबाट बढैयाताल गाउँपालिका–१ मा युवा नेता टेकेन्द्र मल्ल वडाध्यक्षको उम्मेदवार बनेपछि उनको चतर्फी चर्चा भइरहेको छ । पढेलेखेको युवा उम्मेदवार बनेपछि मल्ललाई मतदाताहरुको साथ देखिएको छ ।
स्थानीय निर्वाचनमा युवाहरूको मोह देशब्यापी रूपमा देखिएसँगै लामो समय विद्यार्थी राजनीतिमा सक्रिय मल्लको उम्मेदवारीसँगै मतदाताहरु उनका पक्षमा खुलेरै साथ दिन थालेका छन् । बाँके जिल्लासँगै सिमाना जोडिएको बढैयाताल गाउँपालिका–१ मा मल्लको विकल्प नभएको मतदाताहरु बताउँछन् ।
मतदाताहरु भन्छन्, ‘नाताले हाम्रो मान्छेलाई होइन, राम्रो मान्छेलाई नेतृत्वमा ल्याउनुपर्छ । नागरिकका दुखसुखमा साथ दिने नेतृत्व नागरिकले चाहेकोले युवा नेताको पक्षमा माहोल बढेको छ । विकास निर्माणमा चासो राख्ने र नागरिकका दुखसुखमा साथ दिने नेतृत्व खोज्नुपर्छ । त्यसैले पनि युवा नेता मल्लको विकल्प छैन ।’
एक दशकभन्दा विद्यार्थी राजनीतिमा विताएका युवा नेता मल्लले आफ्नो जीवनलाई जनताको सेवा र सामाजिक व्यवहारको विश्वविद्यालयमा समर्पण गर्ने पनि प्रतिवद्धता व्यक्त गरेका छन् । आफ्नो घोषणापत्र सार्वजनीक गर्दै उनले भनेका छन्, ‘अबको समय जनताको सेवा र सामाजिक व्यवहारको विश्वविद्यालयमा लगानी हुनेछ ।’
उनले आफूलाई मतदान गर्न आग्रह गर्दै वडाध्यक्ष पदको गरिमा र औचित्यता पुष्टि हुने गरी वडामा न्याय, शुसासन, स्वच्छ, निश्पक्ष र पारदर्शी सेवा प्रवाहलाई जोड दिने बताउँदै भनेका छन्, ‘वडाको विकास निर्माण र समृद्धिमा मेरो अर्जुन दृष्टि रहनेछ । मैले विश्वविद्यालयमा आर्जन गरेको ज्ञान सामाजिक व्यवहारमा लागु गर्नेछु ।’
उनले सार्वजनीक गरेको घोषणापत्रको सार
(१) शिक्षा
– १ कक्षादेखि १२ कक्षासम्म पूर्णरूपमा निशुल्क शिक्षा उपल्ब्ध गराउने ।
– पहिलो वर्ष, १ कक्षादेखि ५ कक्षासम्म अङ्ग्रेजी माध्यममा अध्यापन गराउने, त्यसलाई क्रमशः ५ वर्षभित्र १० कक्षासम्म अङ्ग्रेजी माध्यममा अध्यापन गराइने ।
– ५ कक्षादेखि १० कक्षासम्म अनिवार्य कम्प्युटर शिक्षा अध्यापन गराइने ।
– माध्यमिक तहका विद्यार्थीलाई हप्ताको २ दिन सिपमूलक कामहरु सिकाउने ।
– हप्ताको एक दिन खेलकुद कार्यक्रम राख्ने ।
– प्रत्येक महिनाको अन्तिम शुक्रबार अनिवार्यरुपमा अभिवावकलाई विद्यालयमा बोलाई विद्यार्थीको प्रगति विवरणका विषयमा छलफल गर्ने ।
– विद्यालय परिसरभित्र अनिवार्यरुपमा लाइब्रेरीको राम्रो व्यवस्थापन गर्ने ।
– विद्यालय परिसरभित्र स्वच्छ पानी र सफा शौचालयको व्यवस्थापन गर्ने ।
– स्वस्थ प्रतिश्पर्धाबाटै विद्यालयमा कर्मचारी राख्ने, स्थानीयलाई पहिलो प्राथमिकतमा राख्ने ।
– एसइई दिएका विद्यर्थीहरुका लागि सबैखाले प्राविधिक शिक्षा पालिकाभित्रै उपलब्ध गराउने ।
– जेहन्दार, इमानदार, अनुशासित, मेहनती र प्रतिभा भएका विद्यार्थीहरु छनोट गरी उच्च शिक्षाका लागि छात्रवृत्ति उपलब्ध गराउने ।
– आधारभूत तहमा स्थानीय पाठ्यक्रम समावेश गर्ने ।
– पढाई पनि रोजगार पनि कार्यक्रम सञ्चालन गर्ने
– विद्यार्थीहरुलाई नयाँ खोज र आविस्कारसँग जोड्न प्रत्येक हप्ताको एक दिन विज्ञान प्रदर्शनी कार्यक्रम सञ्चालन गर्ने ।
– नीजि विद्यालयहरुलाई स्थानीय वडा सरकारले शिक्षा कार्यबिधी बनाएर मर्यादित र ब्यवस्थित गरिने ।
(२) स्वास्थ्य
– अशक्त, असाय, अपाङ्ग र वृद्धवृद्धाहरुलाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने ।
– आधारभूत स्वास्थ्य सेवा र स्वास्थ्य चौकीहरुमा आवश्यक कर्मचारीहरु छनोट गर्दा स्थानीय लाई पहिलो प्राथमिकता राख्ने ।
– ब्लड बैंकको स्थापना गर्ने ।
– वडाबासीको निशुल्क स्वास्थ्य बिमा गर्ने ।
(३) रोजगार र कृषि
– स्थानीयलाई पहिलो प्राथमिकता दिने ।
– सीपमूलक निशुल्क कार्यक्रमहरु सञ्चालन गर्ने
– कृषि क्षेत्रमा आबद्ध युवाहरुलाई कृषि अनुदान (कृषि सामाग्रीहरु) दिएर प्रोत्साहन गर्ने ।
– हरेक वर्ष किसानहरुलाई सुपथ मुल्यमा मल, बिउबिजन र किटनाशक औषधि उपलब्ध गराउने ।
– हरेक किसानको खेत खेतमा पानी उपलब्ध गराउन हरेक गांउ र टोलहरुमा नहर र नहरको शाखाहरु बिस्तार गर्ने ।
– प्राकृतिक प्रकोपका कारणले अन्नबालीको क्षति भएमा मुल्यांकनका आधरमा उचित क्षतिपूर्ति उपलब्ध गराउने ।
– हरेक किसानको निशुल्क कृषि बिमा गरिदिने ।
– कृषि क्षेत्रमा आधुनिकरण भित्र्याउन कृषि क्षेत्रलाई नंया प्रविधिसँग जोड्ने ।
– जनतालाई उधमशिलतासँग जोड्न साना तथा घरेलु उद्योग सञ्चालनमा जोड दिने ।
– स्थानीयस्तरमा उद्योग स्थापना गरेर युवाहरूलाई रोजगारीको ग्यारेन्टी गरिने ।
– युवाहरूलाई प्राविधिमा जोड्न फ्री वाईफाई हरेक चोक चोकमा ब्यवस्थापन गर्ने ।
– शुद्ध खानेपानी एक घर एक धारा अवधारणा पूरा गरिने ।
– महिलाहरुलाई उद्यमशिल बनाएर आत्मनिर्भर बनाउने ।
– अति बिपन्नलाई पहिचान गरेर बर्षमा घर स्थानीयलाई वडाले निर्माण गरिने ।
सत्यपाटी । ।