सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्ज ९ मा ‘गुड्ड’ सहित सबै उम्मेदवार सक्रिय

नेपाली कांग्रेसका तर्फबाट नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ मा रहेका उम्मेदवारहरु आफ्नो प्रचारमा सक्रिय भएका छन् ।

उक्त वडामा कांग्रेसले वडाअध्यक्षमा अकवर शेख (गुड्ड), खुल्ला महिला सदस्यमा पुष्पा शुक्ला, दलित महिला सदस्यमा कौशिला कुमारी सुनार,  खुल्ला सदस्यमा शक्तिसिंह हमाल र सुर्जा थापा (अनिता  थापा) लाई उम्मेदवार बनाएको छ ।

वडामा रहेका पाँचै जना उम्मेदवारले प्रचार प्रसार तिब्र पारेका हुन् । उनीहरुसहित कांग्रेसका नेता, कार्यकर्ताहरु घरदैलोमा पुगेर मत माग्ने काम गरिरहेका छन् ।

नेपाली कांग्रेसका युवा नेता एवम् वडा नम्बर ९ का वडासदस्य रमेश तिमिल्सेनाका अनुसार कांग्रेसले उक्त वडामा वडाअध्यक्षसहित सबै वडासदस्यमा जित्ने रणनीति बनाएको छ ।

त्यसका लागि जनतालाई कांग्रेस सरकारको आवश्यकता, कांगे्रेस नेतृत्वको सरकारले गरेका राम्रा कामको जानकारी गराइएको छ ।

वडा नम्बर ९ मा यसपटक मतदाताले कांग्रेसलाई वडासहित उपमहानगरपालिकाको नेतृत्व तहमा पुर्याउने सोच बनाएको र अधिकांस मतदाता कांग्रेसका उम्मेदवारप्रति सकारात्मक देखिएको वडाअध्यक्षका उम्मेदवार शेखले बताए ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार ०९:३०