सूचनाको शक्ति - The Power Of Information

        

प्रशान्त विष्ट र कमरुद्धिन राईले प्रचार प्रसारलाई तीव्रता बनाए

गठबन्धनको तर्फबाट नेपालगन्जको मेयरमा कांग्रेसका प्रशान्त विष्ट र उपमेयरमा जनता समाजवादी पार्टी (जसपा)का कमरुद्धिन राईले प्रचार प्रसारलाई तीव्रता दिएका छन् ।

विष्ट र राई नेपाली कांग्रेससहित नेकपा माओबादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकिकृत समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवार हुन् ।

मेयर पदका उम्मेदवार विष्ट, विभिन्न वडा तहमा रहेका उम्मेदवार, नेता, कार्यकर्ताहरु बिहीबार बिहानैदेखि प्रचारप्रसारमा ब्यस्त भएका हुन् । आफूहरु घरदैलोमो पुग्दा नेपालगन्ज उपमहानगरबासीले हौसला दिइरहेको विष्टले बताए ।

‘निर्वाचनको प्रचारप्रसार गर्ने समय एकदमै छोटो छ, जतिसक्दो हाम्रा मतदातालाई मैले भेट्नेछु,’ उनले भने ‘अहिलेसम्म जति जनालाई भेटेको छु, अधिकांश मतदाता उत्साहित हुनुहुन्छ, ठाउँ ठाउँमा हामीलाई स्वागत गर्नुभएको छ ।’ यस्तै उपमेयर पदका उम्मेदवार राई पनि प्रचारप्रसारमा ब्यस्त छन् ।

मेयरमा विष्ट र उपमेयरमा आफू निर्वाचित भएपछि नेपालगन्ज उपमहानगरपालिकाले विकासमा फड्को मार्ने राईले सुनाए ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार ०९:२५