सूचनाको शक्ति - The Power Of Information

        

राप्तीसोनारी गाउँपालिका अध्यक्षका उम्मेदवार पट्टु थारु घरदैलोमा

नेपाल कम्नियुष्ट पार्टी (माओवादी केन्द्र) राप्तीसोनारीले घरदैलो अभियानलाई तिव्रता दिएको छ ।

माओवादी केन्द्रबाट राप्तीसोनारी गाउँपालिका अध्यक्षका उम्मेदवार पट्टु थारु (प्रदिप) र उपाध्यक्ष पदकी उम्मेदवार मञ्जु रोकाय ९आशा० राप्तीसोनारी गाउँपालिका वडा नं ८ का वडाध्यक्ष पदका उम्मेदवार विष्णु केसी सहितको टिमले बिहीबार राप्तीसोनारी वडा नं ८ का विभिन्न टोलहरुमा घरदैलो घरेका छन । वडा भित्रका नयाँगाउ, बालापुर, पेरानी, वेलबास लगागतका टोलहरुमा घरदैलो गरिएको थियो ।

घरदैलोको क्रममा स्थानीयले यस अघिको स्थानीय सरकारले विकासमा सही ढंगबाट खर्च नगरेको बताउदै अबको निर्वाचनमा माओवादीको सरकारबाट सो कुराको अपेक्षा गरिएको बताएका थिए ।

अहिले माओवादी केन्द्रबाट वडाध्यक्षका उम्मेदवार युवा जोशिला र समाजिक क्षेत्रमा चासो राख्ने व्यक्ति भएकाले आफुहरुले विजयी गराउने बताएका थिए ।

माओवादी केन्द्रबाट राप्तीसोनारी गाउँपालिका अध्यक्षका उम्मेदवार पट्टु थारु (प्रदिप) र उपाध्यक्ष पदकी उम्मेदवार मञ्जु रोकाय (आशा) राप्तीसोनारी गाउँपालिका वडा नं ९ ढकेरीमा पनि बुधबार जनाताका घरदैलोमा पुगेर भेटघाट गरेका थिए

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार ०९:२०