सूचनाको शक्ति - The Power Of Information

        

जीत सुनिश्चित छ : नन्दलाल वैश्य

 राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नेपालगन्जको मेयरमा उम्मेदवारी दिएका नन्दलाल बैश्यले आफ्नो जीत सुनिश्चित भएको बताएका छन् ।

माओवादी केन्द्रले बहुसख्यक नेता कार्यकर्ताको भावना र मर्म विपरित काम गरेका कारण आफूले राप्रपा रोजेको भन्दै चुनावमा आफूलाई दुवै पक्षको साथ रहेको बताए ।

उनले नेपालगन्जमा माओवादी केन्द्रले मेयर नपाएपछि मेयरको टिकट सुनिश्चित गरेर राप्रपा प्रवेश गरेका थिए । यही ११ गते हुने राप्रपाको तर्फबाट नेपालगन्जको मेयरमा उम्मेदवारी दर्ता गराइसकेका छन् । उनी सहित राप्रपाबाट उपमेयरमा  विन्दु चर्तीमगरले उम्मेदवारी दर्ता गरेकी छन् ।

मेयरमा उम्मेदवारी दिएका बैश्य लामो समयदेखि माओलादी केन्द्रमा सक्रिय थिए ।  व्यवसायिक पृष्ठभूमिका उनी स्थानीय स्तरमा कार्यकर्ता माझ लोकप्रिय मानिन्छन् ।

माओवादीको नेपालगन्ज उपमहानगरपालिकाको नगर कमिटिको सहसचिव समेत रहेकै हवस्थामा पार्टी परित्याग गरेका उनले गठबन्धनको नाममा माओवादी केन्द्रले हरेक पटक अवसर गुमाउँदै गएको बताएका छन् । उनी माओवादी केन्द्रबाट नेपालगन्जको मेयरका मुख्य आकांक्षी थिए ।

‘मेयर पदका लागि सम्पुर्ण तयारी गरको थिए । अन्तिम समयमा आएर माओवादीले पाँचदल सँग गठबन्धन गरेर अवसर गुमायो,’ उनले भने,  ‘मैले नेपालगन्जमा देखेको दुःख र दुःखको समाधानको साथै नेपालगन्जको विकास गर्नका लागि राप्रपाले मेयरको अवसर दियो । अब राप्रपाबाट नेपालगन्जको विकासको कार्यभार पुरा गर्न चाहन्छु ।’

आफूले माओवादी केन्द्र परित्याग गरेपनि  सधै साथीहरु आफ्नो पक्षमा रहेको उनको भनाइ छ । लामो समयदेखि  पीडा महशुस गरेका साथीहरु धेरै खुसी भएको उनले बताए ।

आफ्नो आगमन राष्ट्रिय प्रजातन्त्र पार्टीको लागि पनि खुसीको क्षण भएको प्रतिक्रिया दिए ।  केही माओवादीको र राप्रपाको साथीहरुको सहयोगले आफ्नो हलसम्म जित ९० प्रतिशत सुनिश्चित भएको दाबी तरे ।

उनी अहिले रातीदिन कार्यकर्ता र नेताहरुसँग छलफल गर्दै दैनिकी बिताइरहेका छन् । बैश्य लामो समयदेखि सामाजिक तथा व्यवसायिक क्षेत्रमा सक्रिय छन् ।

नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष बैश्यको सामाजिक क्षेत्रमा समेत योगदान रहेको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहीबार १८:४३