सूचनाको शक्ति - The Power Of Information

        

चितवनको भरतपुरमा व्यापारिक भवनमा आगलागी

चितवनको भरतपुर महानगरपालिका–३ कमलनगरमा एउटा व्यापारिक भवनमा आगलागी हुँदा ६ वटा पसल जलेर नष्ट भएको छ ।

बुधबार राति २ बजेदेखि सुरु भएको आगलागी बिहीबार बिहान ७ बजे मात्रै नियन्त्रणमा आएको हो ।

आगो निभाउन चार वटा दमकल प्रयोग गरिएको थियो । भरतपुर महानगरपालिका–३ कमलनगर स्थित तुलसीराम सापकोटाको चार तले घरमा आगो लागेको हो ।

नारायणगढ बजार क्षेत्रमा पर्ने घरमा आगो लागेपछि वरपरका बासिन्दा त्रसित भएका थिए । आगोबाट सो घरमा रहेका ६ वटा पसलका सामानहरु जलेर नष्ट भएका छन् ।

क्षतिको पूर्ण विवरण भने आउन बाँकी छ ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहीबार ०९:२६