सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्ज मेयरका उम्मेदवार बिष्टको सम्पर्क कार्यालय स्थापना

नेपालगन्जका मेयरका उम्मेदवार प्रशान्त बिष्टको सम्पर्क कार्याल स्थापना गरिएको छ ।

सत्ता गठबन्धनबाट नेपालगन्जको मेयरका उम्मेदवार बनेका विष्ट र उपमेयरका उम्मेदवार कमरुद्दिन राईको नेपालगन्जमा सम्पर्क कार्यालय स्थापना गरिएको हो ।

नेपालगन्ज नर्सिङ होम नजिक रहेको सिएसटी होटेलमा गठबन्धनको उक्त सम्पर्क कार्यालय स्थापना गरिएको छ । योसंगै अब मेयरका उम्मेदवार विष्ट र उपमेयरका उम्मेदवार राईको चुनावी गतिविधी यही सम्र्क कार्यालयबाट हुनेछ ।

नेपाली काँग्रेसका नेता, कार्यकर्ता, मेयरका उम्मेदवार बिष्ट, उपमेयरका उम्मेदवार राई लगायत काँग्रेसका तर्फबाट वडा अध्यक्ष र वडा सदस्यका उम्मेदवारहरुको उपस्थितिमा बुधबार एक समारोहका बीच सम्पर्क कार्यालयको स्थापना गरिएको हो ।

नेपालगन्जको मेयर र उपमेयरमा काँग्रेस र जसपाबीच चुनावी तालमेल छ । बिष्ट काँग्रेस र राई जसपाबाट उम्मेदवार भएका हुन् ।

कार्यालय स्थापना कार्यक्रममा बोल्ने मेयरका उम्मेदवार बिष्टले संविधान र लोकतान्त्रकको रक्षाका लागि मेयर–उपमेयरमा चुनावी तालमेल भएकाले आफूहरु दुबै उम्मेदवारलाई अत्याधिक मतले विजयी बनाउन आग्रह गरे ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहीबार ०७:४८